Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रेमिकालाई आइफोन उपहार दिन मोबाइल चोरी गर्ने युवक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेमिकालाई आइफोन उपहार दिन मोबाइल चोरी गर्ने युवक पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रेमिकालाई महँगो आइफोन उपहार दिने चाहनाले एक युवकलाई प्रहरीको हिरासतसम्म पुर्याएको छ। भारतको ग्वालियरस्थित महाराज बाडाको टोपी बजारमा रहेको एमएस मोबाइल सेन्टरबाट आइफोन चोरी गरेको आरोपमा राहुल यादव पक्राउ परेका छन्। घटना आइतबार दिउँसोको हो। पसलमा ग्राहक बनेर पुगेका यादवले पसलेसँग सिल्भर रङको आइफोन देखाउन आग्रह गरेका थिए। पसलेले फोन देखाउँदा अर्का एक ग्राहक पसलमा आएपछि पसले उनीसँग व्यस्त भए। पसले व्यस्त भएको मौका छोपी यादवले काउन्टरबाट आइफोन उठाएर भागेका थिए। केही समयपछि काउन्टरमा फोन नदेखेपछि पसले चिच्याउँदै चोरको पछि दौडिएका थिए। पसलेको आवाज सुनेपछि स्थानीय मानिसहरूले यादवलाई पछ्याएर केही दूरीमै नियन्त्रणमा लिएका थिए। खानतलासी गर्दा उनको साथबाट चोरी गरिएको आइफोन फेला परेको थियो। स्थानीय भिडले उनलाई कुटपिट गरेपछि प्रहरीलाई जिम्मा लगाएको थियो। खबर पाएलगत्तै कोतवाली थाना प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले उनलाई भिडबाट छुटाएर कार्यालय लगेको छ। प्रहरीको सोधपुछका क्रममा यादवले प्रेमिकालाई खुसी पार्न आइफोन उपहार दिन चाहेको र आफूसँग पैसा नभएपछि चोरीको बाटो रोजेको स्वीकार गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुर्गमको सारथि हवाई एम्बुलेन्स
Latest NewsJust now

दुर्गमको सारथि हवाई एम्बुलेन्स

मुगु समाचारदातामुगु, मङ्सिर ७ गते । भौगोलिक विकटता र यातायातको असहजताका कारण समयमै उपचार सेवा पाउन नसकेका दुर्गमका नागरिकका लागि नेपाली सेनाको हवाई एम्बुलेन्स सेवा जीवनरक्षाको एक म... ...

गोरखापत्र
प्रधानमन्त्री शाहलाई भारत सरकारको ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदै
Latest NewsJust now

प्रधानमन्त्री शाहलाई भारत सरकारको ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदै

नयाँदिल्ली, मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदैछ । भारतको राजकीय भ्रमणको दोस्रो दिन आज उहाँलाई राष्ट्रपति भवन परि... ...

गोरखापत्र
दिल्लीमा के सन्देश देलान् बालेन
Latest NewsJust now

दिल्लीमा के सन्देश देलान् बालेन

छोटो राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहका लागि सोमबारको उच्चस्तरीय राजनीतिक भेटवार्ता विशेष महत्त्वको हुँदैछ। शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ। यो संवादले नेपाल–भारत सम्बन्धलाई पारस्परिक विश्वास, आर्थिक सहकार्य, कनेक्टिभिटी र दीर्घकालीन रणनीतिक साझेदारीका आधारमा अघि बढाउने अपेक्षा छ। परम्परागत राजनीतिक पृष्ठभूमिबाहिरबाट उदाएका शाहले भारतीय नेतृत्वसँगको पहिलो औपचारिक संवादमा कस्तो ...

नेपालन्युज
जीर्ण बन्दै ऐतिहासिक दरबार
Latest NewsJust now

जीर्ण बन्दै ऐतिहासिक दरबार

यामराज विष्टदैलेख, मङ्सिर ७ गते । कुनै समय राजकीय वैभव र ऐतिहासिक पहिचान बोकेको दैलेखको दुल्लु दरबार अहिले भग्नावशेषमा सीमित छ । जुम्लाको सिँजा राज्यको हिउँदे राजधानीका रूपमा परिचि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement