छोटो राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहका लागि सोमबारको उच्चस्तरीय राजनीतिक भेटवार्ता विशेष महत्त्वको हुँदैछ। शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ। यो संवादले नेपाल–भारत सम्बन्धलाई पारस्परिक विश्वास, आर्थिक सहकार्य, कनेक्टिभिटी र दीर्घकालीन रणनीतिक साझेदारीका आधारमा अघि बढाउने अपेक्षा छ। परम्परागत राजनीतिक पृष्ठभूमिबाहिरबाट उदाएका शाहले भारतीय नेतृत्वसँगको पहिलो औपचारिक संवादमा कस्तो कूटनीतिक सन्देश दिन्छन् र नयाँ सरकारप्रति भारतको विश्वास कसरी निर्माण गर्छन् भन्नेमा चासो छ। आन्तरिक सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई आफ्नो प्राथमिकता बताउँदै आएका उनले पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि भारत रोजेका छन्। यसले नयाँ सरकारको छिमेक नीतिबारे पनि महत्त्वपूर्ण सन्देश दिएको छ। नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई यसपटक सामान्य कूटनीतिक औपचारिकताका रूपमा मात्र हेरिएको छैन। नयाँ राजनीतिक नेतृत्वको उदय, विगतमा चिसिएको द्विपक्षीय सम्बन्ध, व्यापार तथा पारवहनमा नेपालको निर्भरता, ऊर्जा व्यापारको सम्भावना र बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक ठूलो आर्थिक स्रोतले भ्रमणलाई थप महत्त्वपूर्ण बनाएको छ। शाहले सत्ता सम्हालेपछि लामो समयसम्म द्विपक्षीय विदेश भ्रमणलाई प्राथमिकता दिएका थिएनन्। आन्तरिक सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई आफ्नो प्राथमिकता बताउँदै आएका उनले पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि भारत रोजेका छन्। यसले नयाँ सरकारको छिमेक नीतिबारे पनि महत्त्वपूर्ण सन्देश दिएको छ। सोमबार हुने उच्चस्तरीय वार्ताले नयाँ सरकारसँग भारतले कस्तो सम्बन्धको अपेक्षा गरेको छ र शाहले द्विपक्षीय सम्बन्धलाई कुन दिशामा लैजान चाहेका छन् भन्ने संकेत दिनेछ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता। नयाँदिल्लीमा शाहको स्वागत भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादाले गरेका थिए। आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले ताजमहल होटलमा प्रधानमन्त्री शाहसँग करिब २५ मिनेट शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपालका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणलाई औपचारिक भेटघाटमा सीमित नराखी आपसी विश्वास निर्माण र आर्थिक सहकार्यका व्यावहारिक विषयमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार हवाई मार्ग विस्तार, जलविद्युत् आयोजना कार्यान्वयन र दुवै देशको साझा आर्थिक विकासका परियोजनालाई अघि बढाउन सकिए भ्रमणको वास्तविक अर्थ स्थापित हुनेछ। नयाँ राजनीतिक नेतृत्वप्रति भारतको विश्वास निर्माण गर्नु र सम्बन्धलाई पुरानो निर्भरताभन्दा माथि उठाएर पारस्परिक लाभको साझेदारीमा रूपान्तरण गर्नु शाहका सामुन्नेको प्रमुख कूटनीतिक चुनौती हो। सोमबारको संवादले त्यस दिशामा दुवै देश कति स्पष्ट छन् र प्रतिबद्धतालाई व्यवहारमा उतार्ने तत्परता कति छ भन्ने प्रारम्भिक संकेत दिनेछ। विगतको राजनीतिक बोझबाट मुक्त भएर विकास, कूटनीति र आर्थिक साझेदारीमा केन्द्रित हुन चाहेको नयाँ सरकारका लागि दिल्लीसँगको सम्बन्धलाई व्यवहारिक परिणामतर्फ लैजाने चुनौती छ। शाहको राजनीतिक शैली परम्परागत नेतृत्वभन्दा फरक छ। सार्वजनिक छविमा अनावश्यक औपचारिकताभन्दा काम र परिणामलाई प्राथमिकता दिने उनको शैली अब कूटनीतिक व्यवहारमा पनि कति प्रभावकारी हुन्छ भन्ने परीक्षा हुँदैछ। भारतसँगको सम्बन्धमा उनले कसरी विश्वास निर्माण गर्न सक्छन्, राष्ट्रिय हितको कसरी पक्षपोषण गर्छन्, असहमतिका विषयमा कति स्पष्ट र संयमित रहन्छन् तथा राजनीतिक सद्भावनालाई ठोस उपलब्धिमा बदल्न सक्छन् कि सक्दैनन्, त्यसैले उनको कूटनीतिक परिपक्वता र नेतृत्व क्षमताको वास्तविक मापन गर्नेछ। भारतका लागि पूर्वनेपाली राजदूत डा. शंकर शर्माले भ्रमणबाट अत्यधिक नयाँ सम्झौताको अपेक्षा गर्नुभन्दा पहिले नै तयारी भएका परियोजना र सहकार्यका क्षेत्रलाई कार्यान्वयनको चरणमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार ऊर्जा, व्यापार, लगानी र कनेक्टिभिटीमा विगतदेखि अघि बढेका परियोजनालाई ठोस परिणाममा रूपान्तरण गर्न सकिने अवसर भ्रमणले दिएको छ। शाह र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल हुनेछ। प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र भारतबीच विभिन्न क्षेत्रमा समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन्। नेपाल-भारत सम्बन्धमा ऐतिहासिक, सांस्कृतिक र जनस्तरको निकटता छ तर त्यसलाई व्यापार, पारवहन, ऊर्जा र पूर्वाधारमा मापन गर्न सकिने उपलब्धिमा बदल्नु नै वास्तविक चुनौती हो। भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार शाहले सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत ग्रहण गर्नेछन्। त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। मोदीसँगको वार्तापछि अपराह्न भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। विगतको राजनीतिक बोझबाट मुक्त भएर विकास, कूटनीति र आर्थिक साझेदारीमा केन्द्रित हुन चाहेको नयाँ सरकारका लागि दिल्लीसँगको सम्बन्धलाई व्यवहारिक परिणामतर्फ लैजाने चुनौती छ। नयाँ नेतृत्वप्रति भारतको विश्वास केवल राजनीतिक प्रतिबद्धताले होइन, त्यसलाई व्यवहारमा उतार्ने क्षमताले निर्धारण गर्नेछ। नेपाल-भारत सम्बन्धमा ऐतिहासिक, सांस्कृतिक र जनस्तरको निकटता छ तर त्यसलाई व्यापार, पारवहन, ऊर्जा र पूर्वाधारमा मापन गर्न सकिने उपलब्धिमा बदल्नु नै वास्तविक चुनौती हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ दिल्लीस्थित होटेल ताज प्यालेसमा आयोजित ‘इन्डिया-नेपाल बिजनेस राउन्ड टेबल’लाई सम्बोधन गर्दै। पुनर्निर्माणमा ठूलो सहयोगको अपेक्षा भोटेकोशी बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्न अर्बौँ डलर आवश्यक पर्ने आकलनसहित नेपालले अन्तर्राष्ट्रिय सहयोग मागिरहेको छ। सत्ता सम्हालेपछि विदेश भ्रमणलाई महत्त्व नदिने जनाएका प्रधानमन्त्री बालेन राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुगी अन्तर्राष्ट्रिय सहयोग मागेका थिए। २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्यायो। सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रको जनजीवन मात्र होइन, आर्थिक गतिविधि र सीमापार सम्पर्कसमेत प्रभावित बनाएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा पनि आर्थिक सहयोग र पुनर्निर्माणको विषयले महत्त्व पाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आकलनअनुसार भोटेकोशी–त्रिशूली बाढीबाट करिब तीन अर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। तर क्षतिग्रस्त संरचनालाई पहिलेभन्दा सुरक्षित र बलियो बनाउँदै पुनर्निर्माण गर्नुपर्ने भएकाले वास्तविक आवश्यकता अझ ठूलो हुने देखिएको छ। नेपाल-चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले विपद्पछिको पुनर्निर्माण र जलवायुजन्य जोखिमसँग जुध्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउँदै आएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुनर्निर्माणका लागि करिब ६ अर्ब अमेरिकी डलर अर्थात् नौ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान प्रस्तुत गरेका छन्। पुनर्निर्माण पूरा गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्ने उनको भनाइ छ। राष्ट्रिय योजना आयोगको मूल्याङ्कनअनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र आर्थिक गतिविधिलाई पुरानै अवस्थामा फर्काउन सात खर्ब छ अर्ब ६३ करोड रुपैयाँ आवश्यक पर्छ। नेपाल-चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले विपद्पछिको पुनर्निर्माण र जलवायुजन्य जोखिमसँग जुध्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउँदै आएको छ। यही सन्दर्भमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई पनि आर्थिक सहायता जुटाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको पछिल्लो विवरणअनुसार भारतले नेपाललाई करिब डेढ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज घोषणा गर्न सक्ने सम्भावना छ। यो रकम अनुदान र सहुलियतपूर्ण ऋण अर्थात् लाइन अफ क्रेडिटको मिश्रण हुने बताइएको छ। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा भारतले नेपालका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सहयोग घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा नेपालले बाढीपछिको पुनर्निर्माण, सडक पूर्वाधार र ऊर्जा परियोजनासहितका क्षेत्रमा दुई अर्ब अमेरिकी डलरभन्दा बढी ऋण तथा अनुदान सहयोग खोजेको छ। तर भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको पछिल्लो विवरणअनुसार भारतले नेपाललाई करिब डेढ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज घोषणा गर्न सक्ने सम्भावना छ। यो रकम अनुदान र सहुलियतपूर्ण ऋण अर्थात् लाइन अफ क्रेडिटको मिश्रण हुने बताइएको छ। भारतीय पक्षले प्रधानमन्त्री मोदीबाट ‘सरप्राइज’ घोषणा हुन सक्ने संकेत दिएको छ। नयाँ दिल्लीस्थित होटेल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्ड टेबल’का सहभागी। नेपालले माग गरेको दुई अर्ब डलर र भारतले घोषणा गर्न सक्ने अनुमान गरिएको डेढ अर्ब डलरबीचको अन्तरले वार्तामा आर्थिक सहयोगको आकार र स्वरूपलाई महत्त्वपूर्ण बनाएको छ। प्रस्तावित सहायता प्याकेज कुन परियोजनामा खर्च हुनेछ, कति अनुदान र कति ऋण हुनेछ तथा कार्यान्वयनको समयसीमा के रहनेछ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छन्। नेपालले विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाएको यो पहिलो अवसर होइन। २०७२ सालको विनाशकारी भूकम्पपछि सरकारले विस्तृत विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) तयार गरी काठमाडौंमा दाता सम्मेलन आयोजना गरेको थियो। भारतका लागि पूर्वनेपाली राजदूत विजयकान्त कर्णले विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा, व्यापार, लगानी र कनेक्टिभिटीमा दुवै देशको साझा हित रहेको उल्लेख गर्दै सहकार्यका लागि स्पष्ट कार्यदिशा, समयसीमा र नियमित अनुगमन संयन्त्र आवश्यक रहेको धारणा राखेका छन्। त्यतिबेला भूकम्पबाट करिब सात अर्ब अमेरिकी डलर बराबरको क्षति भएको आकलन गरिएको थियो। दाता सम्मेलनमा विभिन्न देश तथा विकास साझेदारले झन्डै साढे चार अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएका थिए। भारतले एक अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको थियो। भारतका लागि पूर्वनेपाली राजदूत विजयकान्त कर्णले विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा, व्यापार, लगानी र कनेक्टिभिटीमा दुवै देशको साझा हित रहेको उल्लेख गर्दै सहकार्यका लागि स्पष्ट कार्यदिशा, समयसीमा र नियमित अनुगमन संयन्त्र आवश्यक रहेको धारणा राखेका छन्। उनका अनुसार उच्चस्तरीय भेटवार्तामा भएका प्रतिबद्धतालाई सरकारी घोषणामै सीमित नराखी कार्यान्वयनमा लैजानुपर्छ। नेपालका लागि भारतको आर्थिक सहयोग महत्त्वपूर्ण भए पनि सहायता रकमको घोषणा मात्रै भ्रमणको सफलता मापन गर्ने आधार बन्न सक्दैन। सहयोगको सर्त, कार्यान्वयनको ढाँचा, परियोजना छनोट र समयमै रकम परिचालन गर्ने संयन्त्रले यसको वास्तविक प्रभाव निर्धारण गर्नेछ। नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्दै भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद। ऊर्जा : निर्भरताबाट साझा लाभतर्फ ऊर्जा नेपाल-भारत सम्बन्धमा सम्भावनायुक्त क्षेत्रमध्ये एक हो। नेपालसँग जलविद्युत् उत्पादनको क्षमता छ भने भारतमा विद्युत्को ठूलो बजार छ। भारततर्फ विद्युत् निर्यात र त्यसपछि बङ्गलादेशसम्म पुग्ने व्यापारिक सम्भावनाले नेपालको ऊर्जा क्षेत्रलाई घरेलु मागभन्दा बाहिरको बजारसँग जोडेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणकै बेला भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले लगानी गरेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। तल्लो अरुण आयोजना अरुण नदीमा निर्माण हुने अर्को महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। यसअघि एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण–३ आयोजनासँग यसको सम्बन्ध छ। अरुण–३ र तल्लो अरुणको विकासले नेपालको जलविद्युत् उत्पादन तथा भारततर्फको विद्युत् व्यापार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। भारतले नेपाली विद्युत् खरिदका लागि बजार उपलब्ध गराए पनि त्यसको निरन्तरता, मूल्य निर्धारण र प्रसारण पूर्वाधारको उपलब्धताले नेपालको ऊर्जा व्यापारको भविष्य निर्धारण गर्नेछ। नेपालले भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने सम्भावना पनि अघि बढाएको छ। तर जलविद्युत् उत्पादन क्षमता हुनु र त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्नु फरक विषय हुन्। विद्युत् निर्यातका लागि आयोजना निर्माण, प्रसारण लाइन, बजारमा पहुँच, दीर्घकालीन खरिद सम्झौता, मौसमी उत्पादन र वित्तीय जोखिम व्यवस्थापन आवश्यक हुन्छ। भारतले नेपाली विद्युत् खरिदका लागि बजार उपलब्ध गराए पनि त्यसको निरन्तरता, मूल्य निर्धारण र प्रसारण पूर्वाधारको उपलब्धताले नेपालको ऊर्जा व्यापारको भविष्य निर्धारण गर्नेछ। नेपालले भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने सम्भावना पनि अघि बढाएको छ। त्यसका लागि भारतको प्रसारण सञ्जाल र सहमति अपरिहार्य छ। एसजेभीएनका ९०० मेगावाटको अरुण–३ आयोजना, त्यससँग सम्बन्धित २१७ किलोमिटर प्रसारण लाइन र ६६९ मेगावाटको तल्लो अरुण आयोजनाका कामलाई गति दिन नेपाल र भारतबीच समन्वय आवश्यक छ। नोभेम्बर २ मा एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसँग भेट गरी आयोजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए। उक्त छलफलमा अरुण-३ को बाँकी काम, प्रसारण लाइन निर्माणमा देखिएका जग्गा प्राप्ति तथा वन स्वीकृतिसम्बन्धी समस्या र तल्लो अरुणको पूर्वनिर्माण तयारीलाई गति दिने विषय उठेको थियो। भारतको ऊर्जा बजारमा नेपाली विद्युत्को पहुँच विस्तार गर्नु, बङ्गलादेशसँगको विद्युत् व्यापारलाई सहज बनाउनु र सीमापार प्रसारण पूर्वाधार निर्माण गर्नु नेपालका लागि दीर्घकालीन आर्थिक अवसर हुन्। ऊर्जा क्षेत्रका लागि आयोजना निर्माण मात्र पर्याप्त छैन। नेपालले उत्पादन गरेको विद्युत् बिक्री गर्ने बजार सुनिश्चित हुनुपर्छ। प्रसारण लाइनमा लगानी, विद्युत् खरिद सम्झौता र क्षेत्रीय ऊर्जा व्यापारको संरचना तयार नभएसम्म जलविद्युत्मा भएको लगानीको प्रतिफल प्राप्त गर्न कठिन हुन्छ। भारतको ऊर्जा बजारमा नेपाली विद्युत्को पहुँच विस्तार गर्नु, बङ्गलादेशसँगको विद्युत् व्यापारलाई सहज बनाउनु र सीमापार प्रसारण पूर्वाधार निर्माण गर्नु नेपालका लागि दीर्घकालीन आर्थिक अवसर हुन्। नेपालले जलविद्युत्मा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता, आयोजना स्वीकृति, जग्गा प्राप्ति र वनसम्बन्धी प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता छ। भारतले पनि नेपाली विद्युत् खरिद र क्षेत्रीय प्रसारण सञ्जाल प्रयोगमा स्पष्ट र स्थिर नीति अपनाउनुपर्नेछ। ऊर्जा सहकार्यमा दुवै देशको आर्थिक लाभ जोडिएको छ। नेपालले स्वच्छ ऊर्जा उत्पादन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सक्छ भने भारतले आफ्नो बढ्दो ऊर्जा माग पूरा गर्न छिमेकी मुलुकको स्वच्छ विद्युत् उपयोग गर्न सक्छ। पुरानो सहमति र नयाँ सम्झौता के-के ? नेपाल-भारत उच्चस्तरीय भ्रमणमा नयाँ सम्झौतासँगै पुराना सहमति कार्यान्वयनको विषय पनि महत्त्वपूर्ण हुन्छ। विगतका भ्रमणमा भएका समझदारी र प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ हुँदा दुवै देशबीच बारम्बार प्रश्न उठ्ने गरेका छन्। विगतमा भएका सहमति र नयाँ प्रतिबद्धतालाई एउटै ढाँचामा जोडेर कार्यान्वयनको लक्ष्य निर्धारण गर्नु महत्त्वपूर्ण पक्ष हुनेछ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा ‘समृद्ध नेपाल, विकसित भारत’को अवधारणामा आधारित १० बुँदे संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। यसमा आर्थिक साझेदारी, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, खेलकुद, शिक्षा र स्वास्थ्यलगायत क्षेत्र समेटिनेछन्। यो दस्तावेजले दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दिशानिर्देश दिने अपेक्षा गरिएको छ। विगतमा भएका सहमति र नयाँ प्रतिबद्धतालाई एउटै ढाँचामा जोडेर कार्यान्वयनको लक्ष्य निर्धारण गर्नु यसको महत्त्वपूर्ण पक्ष हुनेछ। जनकपुरधाम रेल्वे स्टेसनमा रोकिएको नेपाल रेल। तस्बिर : सुयश द्विवेदी/विकिमिडिया कमन्स भ्रमणका क्रममा अयोध्या–जनकपुर सीधा रेल सम्पर्कको उद्घाटन गर्ने तयारी छ। धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको यो सम्पर्कले भारतको अयोध्या र नेपालको जनकपुरलाई रेलमार्गबाट जोड्नेछ। त्यस्तै, काभ्रेको पनौतीमा निर्माण भएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, एकीकृत जाँच चौकी र सीमावर्ती क्षेत्रमा निर्माण भएको पुललगायतका परियोजना पनि उद्घाटन तथा हस्तान्तरणको सूचीमा छन्। नेपाल–भारत रेल सम्पर्क विस्तारको विषय पनि पुरानै प्राथमिकतामा छ। जयनगर–जनकपुर–बिजलपुरा रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्ने, विराटनगर–जोगबनी रेल सम्पर्कलाई प्रभावकारी बनाउने र अन्य सीमावर्ती क्षेत्रमा रेल सञ्जाल विस्तार गर्ने विषयमा छलफल हुँदै आएको छ। रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पनि दुई देशबीचको दीर्घकालीन कनेक्टिभिटी योजनामध्ये एक हो। यो परियोजना कार्यान्वयनमा आए नेपाललाई भारतीय रेल सञ्जालसँग थप गहिरो रूपमा जोड्न सकिनेछ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा क्षेत्रमा सडक तथा पुल निर्माण र अन्य जलविद्युत् परियोजनामा सहमति जुटाउने विषय अझै चुनौतीपूर्ण छन्। एकीकृत जाँच चौकी निर्माण, सडक स्तरोन्नति, सीमापार प्रसारण लाइन र व्यापारिक पूर्वाधारका विषयमा पनि नयाँ समझदारीको सम्भावना छ। नेपालले लामो समयदेखि उठाउँदै आएको हुलाकी राजमार्ग निर्माण र सीमावर्ती व्यापारिक पूर्वाधारको विकासले तराई क्षेत्रको आर्थिक गतिविधिलाई थप गति दिन सक्छ। तर पुराना परियोजनाको सूची लामो भए पनि कार्यान्वयनको गति अपेक्षाअनुसार हुन सकेको छैन। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा क्षेत्रमा सडक तथा पुल निर्माण र अन्य जलविद्युत् परियोजनामा सहमति जुटाउने विषय अझै चुनौतीपूर्ण छन्। यसपटकको भ्रमणले नयाँ परियोजना घोषणा गर्नुभन्दा पुराना प्रतिबद्धताको कार्यान्वयनलाई प्राथमिकता दिन सके त्यसको व्यावहारिक महत्त्व बढी हुनेछ। व्यापारको असन्तुलन भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। नेपालको कुल वैदेशिक व्यापारको करिब ६० देखि ६३ प्रतिशत हिस्सा भारतसँग हुने गरेको छ। भारतको वाणिज्य मन्त्रालयका अनुसार दुई देशबीचको व्यापार करिब नौ अर्ब ३८ करोड ९० लाख अमेरिकी डलर छ। भारतबाट नेपालतर्फको निर्यात करिब सात अर्ब ४४ करोड ७० लाख डलर र नेपालबाट भारततर्फको निर्यात करिब एक अर्ब ९४ करोड २० लाख डलर छ। आयातको करिब ५७ प्रतिशत भारतबाट हुने गरेको छ भने नेपालको कुल निर्यातमध्ये झन्डै ८३ प्रतिशत भारततर्फ हुने गरेको छ। यसले नेपालका लागि भारतीय बजारको महत्त्व र व्यापारिक निर्भरता दुवै देखाउँछ। नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ ड्युटी हटाउन, नेपाल स्ट्यान्डर्डलाई भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्डबाट मान्यता दिलाउन तथा गैरभन्सार अवरोध हटाउन भारतसँग पहल गर्नुपर्ने आवश्यकता छ। नेपालको भारतसँगको व्यापार घाटा ठूलो छ। पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, मेसिनरी र दैनिक उपभोग्य वस्तुको आयातमा भारतको हिस्सा उच्च छ। अर्कोतर्फ नेपालबाट भारततर्फ जाने वस्तुको परिमाण र मूल्य तुलनात्मक रूपमा कम छ। व्यापार घाटा न्यूनीकरण गर्न भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गर्दै नेपाली उत्पादनको निर्यातमा सहजता ल्याउनुपर्ने नेपालको माग छ। नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ ड्युटी हटाउन, नेपाल स्ट्यान्डर्डलाई भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्डबाट मान्यता दिलाउन तथा गैरभन्सार अवरोध हटाउन भारतसँग पहल गर्नुपर्ने आवश्यकता छ। नेपालले कृषि उत्पादन, प्रशोधित खाद्यवस्तु, जडीबुटी, हस्तकला, जुटजन्य सामग्री र जलविद्युत्लगायत क्षेत्रमा निर्यात विस्तारको सम्भावना देखेको छ। तर भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण, भन्सार प्रक्रिया र अन्य नियामकीय अवरोधले नेपाली उत्पादकलाई कठिनाइ हुने गरेको छ। प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग व्यापार घाटा घटाउने विषयलाई केवल राजनीतिक एजेन्डाका रूपमा होइन, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउने नीतिगत विषयका रूपमा उठाउनुपर्नेछ। आयात लागत घटाउन कलकत्ता बन्दरगाहको अतिरिक्त धाम्रा, मुन्द्रा र काण्डला बन्दरगाह प्रयोगको सुविधा नेपाललाई उपलब्ध गराउन नेपाली आयातकर्ताले माग गरिरहेका छन्। पारवहन सुविधाको विविधीकरणले नेपाली व्यवसायीको ढुवानी लागत र समय घटाउन सक्छ। नेपालका लागि भारतसँगको व्यापारिक सम्बन्ध केवल वस्तु आयात र निर्यातमा सीमित छैन। पारवहन, ऊर्जा, लगानी, पर्यटन र उत्पादनमूलक उद्योगको विकाससँग पनि यसको प्रत्यक्ष सम्बन्ध छ। यसैले प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग व्यापार घाटा घटाउने विषयलाई केवल राजनीतिक एजेन्डाका रूपमा होइन, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउने नीतिगत विषयका रूपमा उठाउनुपर्नेछ। तोडियो औपचारिक परम्परा प्रधानमन्त्री बालेन शाहले विमानस्थलको बिदाइदेखि लगानी सम्मेलनसम्म परम्परागत अभ्यासभन्दा फरक शैली अपनाएका छन्। भारतको राजकीय भ्रमणमा निस्कनुअघि र भ्रमणका क्रममा उनले विगतका प्रधानमन्त्रीहरूले अपनाउँदै आएका केही अभ्यासलाई निरन्तरता दिएनन्। प्रधानमन्त्री शाहले भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने र पूर्वप्रधानमन्त्रीहरूसँग आवश्यक परामर्श गर्ने परम्परागत अभ्यास तोडिदिए। भ्रमणको समयतालिकादेखि औपचारिक कार्यक्रमसम्म उनले अपनाएको शैली यसअघिका प्रधानमन्त्रीहरूको भन्दा फरक देखिएको छ। प्रधानमन्त्री शाह भारत भ्रमणमा निस्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई गार्ड अफ अनर दिइएन। स्वागतका लागि रातो कार्पेट पनि बिछ्याइएन। राजकीय भ्रमणमा प्रायः देखिने औपचारिक तामझामबिनै उनी दिल्ली प्रस्थान गरे। यसअघि प्रधानमन्त्रीहरूले लामो समयसम्म तयारी गरेर राजकीय भ्रमण गर्ने र भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा व्यावसायिक कार्यक्रमलाई प्राथमिकता दिने अभ्यास थियो। शाहले छोटो भ्रमणलाई प्राथमिकता दिएका छन्। परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा बाहिरबाट उदाएका प्रधानमन्त्री शाहले सार्वजनिक जीवनमा सरलता र फरक कार्यशैलीको सन्देश दिन खोजेका छन्। तर कूटनीतिक भ्रमणमा औपचारिकता र प्रोटोकलको आफ्नै महत्त्व हुन्छ। त्यसलाई कति पालना गर्ने र कहाँ नयाँ अभ्यास स्थापित गर्ने भन्ने विषयमा पनि उनको शैलीले ध्यान खिचेको छ। भ्रमणको समयतालिका छोटो छ। आइतबार नयाँदिल्ली पुगेका शाहले साँझ भारतीय विदेशमन्त्रीसँग भेट गरे। सोमबारको अधिकांश समय उच्चस्तरीय भेटवार्ता, सम्झौता, संयुक्त प्रेस ब्रिफिङ र राष्ट्रपतिसँगको भेटमा बित्नेछ। यसअघि प्रधानमन्त्रीहरूले लामो समयसम्म तयारी गरेर राजकीय भ्रमण गर्ने र भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा व्यावसायिक कार्यक्रमलाई प्राथमिकता दिने अभ्यास थियो। शाहले छोटो भ्रमणलाई प्राथमिकता दिएका छन्। बीटूबीमा प्रधानमन्त्रीको अनुपस्थिति प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा देखिएको अर्को महत्त्वपूर्ण भिन्नता नेपाल–भारत लगानीसम्बन्धी व्यावसायिक छलफलमा उनको अनुपस्थिति हो। यसअघिका राजकीय भ्रमणमा प्रधानमन्त्रीको उपस्थितिमा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच लगानीसम्बन्धी छलफल, व्यावसायिक साझेदारी र सम्झौताका कार्यक्रम हुने गरेका थिए। तर यसपटक आइतबार साँझ आयोजित नेपाल–भारत लगानी आह्वानसम्बन्धी बीटूबी कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी भएनन्। उनले उक्त कार्यक्रमको जिम्मेवारी आफूसँगै भ्रमणमा गएका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका थिए। भ्रमणका क्रममा हुने व्यावसायिक राउन्ड टेबलमा पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्ले सहभागी भए। नेपाल र भारतबीच लगानी विस्तार, व्यावसायिक साझेदारी र निजी क्षेत्रको सहकार्य बढाउने उद्देश्यले आयोजित छलफलमा नेपाली प्रतिनिधिहरूले विभिन्न क्षेत्रमा लगानीका अवसर प्रस्तुत गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायत संस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायी भ्रमणमा सहभागी छन्। नेपाल र भारतबीच लगानी विस्तार, व्यावसायिक साझेदारी र निजी क्षेत्रको सहकार्य बढाउने उद्देश्यले आयोजित छलफलमा नेपाली प्रतिनिधिहरूले विभिन्न क्षेत्रमा लगानीका अवसर प्रस्तुत गरेका छन्। नेपालका तर्फबाट सडक, रेल तथा हवाई सम्पर्क सञ्जाल, होटल तथा पर्यटन र जलविद्युत् क्षेत्रमा भारतीय लगानी भित्र्याउने सम्भावनाबारे छलफल गरिएको थियो। छलफलका क्रममा नेपाल सरकारले लगानी सहजीकरणका लागि हालै संशोधन गरेका ५९ वटा कानुन तथा व्यवस्थाबारे भारतीय लगानीकर्तालाई जानकारी गराइएको थियो। नेपालमा लगानीको वातावरण सुधार गर्न भएका नीतिगत परिवर्तन र उपलब्ध अवसर प्रस्तुत गर्दै थप लगानीका लागि आह्वान गरिएको थियो। भारतीय सञ्चारमाध्यमको साझा चासो नेपालमा बदलिएको राजनीतिक नेतृत्वसँग भारतले आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धलाई कुन दिशामा अघि बढाउँछ भन्नेमा देखिन्छ। नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्रस्तुति दिएका थिए। अर्थमन्त्री वाग्लेले पनि कार्यक्रममा सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना र सहकार्यका अवसरबारे धारणा राखेका थिए। नेपालले विदेशी लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधार गरेको सन्देश भारतीय लगानीकर्तासमक्ष पुर्याउनु महत्त्वपूर्ण भए पनि त्यसलाई व्यवहारमा उतार्न लगानीकर्ताले भोग्दै आएका प्रशासनिक समस्या समाधान गर्नुपर्नेछ। भ्रमणमा भारतीय मिडियाको चासो प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित गरेका छैनन्। व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पुनर्निर्माण सहायता र द्विपक्षीय सम्बन्धको भावी दिशासँग जोडेर विश्लेषण गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमको साझा चासो नेपालमा बदलिएको राजनीतिक नेतृत्वसँग भारतले आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धलाई कुन दिशामा अघि बढाउँछ भन्नेमा देखिन्छ। ‘हिन्दुस्तान टाइम्स’ले भ्रमणका क्रममा व्यापार, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी, स्वास्थ्य र शिक्षासहितका विषय समेटिएको दीर्घकालीन संयुक्त दृष्टिपत्रबारे समाचार प्रकाशित गरेको छ। उक्त दस्तावेजले दुई देशबीचको विद्यमान सहकार्यलाई समेट्दै भविष्यका परियोजना र साझा लक्ष्य निर्धारण गर्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित विश्लेषणले भ्रमणको महत्त्व औपचारिक कूटनीतिक शिष्टाचारभन्दा बाहिर रहेको देखाउँछ। भारतका लागि पनि नेपालमा नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध सुधार र सहकार्य विस्तार गर्ने अवसरका रूपमा भ्रमणलाई हेरिएको छ। समाचारअनुसार नेपालले विकास परियोजना तथा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव भारतसमक्ष राखेको छ। ‘द इन्डियन एक्सप्रेस’ले भ्रमणको एजेन्डामा व्यापार, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, प्रविधि तथा नवप्रवर्तन र खेलकुदलाई समेटेको जनाएको छ। ‘टाइम्स अफ इन्डिया’, ‘इन्डिया टुडे’ लगायतका सञ्चारमाध्यमले पनि शाहको पहिलो भारत भ्रमण, मोदीसँगको वार्ता र दुई देशबीच व्यापार तथा सहकार्य विस्तारका सम्भावनालाई प्राथमिकता दिएका छन्। भारतीय सञ्चारमाध्यममा प्रकाशित विश्लेषणले भ्रमणको महत्त्व औपचारिक कूटनीतिक शिष्टाचारभन्दा बाहिर रहेको देखाउँछ। भारतका लागि पनि नेपालमा नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध सुधार र सहकार्य विस्तार गर्ने अवसरका रूपमा भ्रमणलाई हेरिएको छ। भारतको विदेश मन्त्रालयले पनि शाहको भ्रमणलाई आफ्नो ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा व्याख्या गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत छलफल हुने बताएका छन्। पुरानो अविश्वास हटाउने अवसर नेपाल र भारतबीचको सम्बन्ध इतिहास, भूगोल, संस्कृति र अर्थतन्त्रले जोडिएको छ। खुला सीमा, जनस्तरको सम्बन्ध र व्यापारिक निर्भरताले दुवै देशलाई एकअर्कासँग निकट बनाएको छ। तर यही सम्बन्धमा समय–समयमा राजनीतिक अविश्वास, सीमा विवाद र आर्थिक निर्भरतासम्बन्धी असन्तुष्टि पनि देखिँदै आएको छ। नेपालका लागि भारतसँगको सम्बन्ध सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनु आवश्यक छ। भारतका लागि पनि नेपालसँगको सम्बन्ध केवल परम्परागत राजनीतिक सम्पर्कमा सीमित नभई आर्थिक विकास, पूर्वाधार, ऊर्जा र क्षेत्रीय सहकार्यमा आधारित हुनुपर्ने देखिन्छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद, पारवहनमा निर्भरता, हवाई प्रवेशमार्गको समस्या तथा व्यापार असन्तुलन नेपालका पुराना सरोकार हुन्। यी विषयमा दुवै देशबीच विभिन्न तहमा छलफल हुँदै आए पनि ठोस समाधान हुन सकेको छैन। प्रधानमन्त्री शाहको भ्रमणले यी सबै विषयमा एकैपटक समाधान खोज्ने सम्भावना कम देखिए पनि आपसी विश्वास पुनःस्थापित गर्ने अवसर भने दिएको छ। नेपालका लागि भारतसँगको सम्बन्ध सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनु आवश्यक छ। भारतका लागि पनि नेपालसँगको सम्बन्ध केवल परम्परागत राजनीतिक सम्पर्कमा सीमित नभई आर्थिक विकास, पूर्वाधार, ऊर्जा र क्षेत्रीय सहकार्यमा आधारित हुनुपर्ने देखिन्छ। भारतको नेपाल नीतिका जानकार तथा अब्जर्भर रिसर्च फाउन्डेसनका उपाध्यक्ष हर्ष वी. पन्तका अनुसार भ्रमणको सफलता यसको अवधि वा औपचारिकताले होइन, राजनीतिक सद्भावनालाई कार्यान्वयनयोग्य प्रतिबद्धतामा बदल्न सक्ने क्षमताले निर्धारण गर्नेछ। नेपाल र भारतले आर्थिक सहकार्य, संस्थागत विश्वास र पारस्परिक हितलाई सम्बन्धको आधार बनाउनुपर्ने उनको धारणा छ। प्रधानमन्त्री शाहका लागि दिल्ली भ्रमण केवल पहिलो द्विपक्षीय विदेश भ्रमण होइन, नयाँ सरकारको कूटनीतिक प्राथमिकता सार्वजनिक गर्ने अवसर पनि हो। भारतले नेपाललाई आफ्नो छिमेकी नीतिमा महत्त्वपूर्ण स्थान दिँदै आएको छ। नेपालले पनि भारतसँगको आर्थिक र कूटनीतिक सम्बन्धलाई राष्ट्रिय हितअनुसार अघि बढाउनुपर्नेछ। चीन, अमेरिका र अन्य विकास साझेदारसँगको सम्बन्धलाई समेत सन्तुलित राख्दै भारतसँग सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको व्यावहारिक आवश्यकता हो। प्रधानमन्त्री शाहका लागि दिल्ली भ्रमण केवल पहिलो द्विपक्षीय विदेश भ्रमण होइन, नयाँ सरकारको कूटनीतिक प्राथमिकता सार्वजनिक गर्ने अवसर पनि हो। उनले भारतसँगको सम्बन्धमा विगतका असमझदारीलाई कसरी सम्बोधन गर्छन्, आर्थिक सहकार्यलाई कति प्रभावकारी बनाउँछन् र राष्ट्रिय हितका विषयमा कति स्पष्ट रहन्छन् भन्ने प्रश्नको उत्तर यस भ्रमणले खोज्नेछ। नयाँ नेतृत्वप्रति भारतको विश्वास र नेपालको राष्ट्रिय हितबीच सन्तुलन कायम गर्दै पारस्परिक लाभको साझेदारी निर्माण गर्नु शाहको मुख्य चुनौती हो। सोमबारको भेटवार्तापछि सार्वजनिक हुने संयुक्त दृष्टिपत्र, आर्थिक सहायता प्याकेज, ऊर्जा तथा पूर्वाधारसम्बन्धी समझदारी र अन्य परियोजनाको विवरणले भ्रमणको तत्कालीन उपलब्धि देखाउनेछ। तर ती प्रतिबद्धता कार्यान्वयनमा कति अघि बढ्छन् भन्ने विषयले मात्रै नेपाल–भारत सम्बन्धको आगामी दिशा निर्धारण गर्नेछ। नयाँ नेतृत्वप्रति भारतको विश्वास र नेपालको राष्ट्रिय हितबीच सन्तुलन कायम गर्दै पारस्परिक लाभको साझेदारी निर्माण गर्नु शाहको मुख्य चुनौती हो। दिल्लीमा उनले दिने सन्देशको वास्तविक अर्थ पनि यही हुनेछ।
दिल्लीमा के सन्देश देलान् बालेन

Read Complete Original Article
Published originally on नेपालन्युज






