काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२६ अंक बढेर २६६८.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ७० स्टकको १३८ पटकको कारोबारमा ४ करोड ४८ लाख १३ हजार १३८ रुपैयाँबराबरको १ लाख १७ हजार ३७८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी १७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। The post प्रि ओपन सेसन अपडेट: करिब साढे ४ अंक बढ्यो नेप्से appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रि ओपन सेसन अपडेट: करिब साढे ४ अंक बढ्यो नेप्से

Read Complete Original Article
Published originally on कर्पोरट खबर






