<p>काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्।</p> <p>पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका-८ घर भई भक्तपुरमा बस्ने २२ वर्षीय नवराज कुवँर र १८ वर्षीय सुमन तामाङ छन्। प्रहरीका अनुसार उनीहरू मंसिर ४ गते मध्यरातपछि करिब साढे १२ बजे बारभित्र पसेका थिए। त्यहाँ सञ्चालक र कर्मचारीसँग विवाद गर्दै धम्की दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।</p> <p>अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
‘प्रहरी हौँ’ भन्दै डान्स बारमा धम्की दिएको आरोपमा दुई पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






