Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

प्रहरी सहायक हवल्दार गुरुङ मृत फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी सहायक हवल्दार गुरुङ मृत फेला
Photo / Coverage: पर्दाफास

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् । त्यस घटनाबारे बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको जनाउँदै प्रहरी उपरीक्षक खत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमा, बाँकी कहाँ–कहाँ हुँदैछन् ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ। तर औपचारिक उद्घाटनअघि नै मंसिर ...

पर्दाफास
देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५
OthersJust now

देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पद पूर्ति गर्न उपनिर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि रिक्त भएका पद लामो समयदेखि पदपूर्तिको प्रतीक्षामा छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । यीमध्ये अधिकांश पद २०८२ ...

पर्दाफास
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)
OthersJust now

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। ...

अनलाइन खबर
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता
OthersJust now

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

सार्वजनिक रूपमा दुवै पक्षले आ-आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play