काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारले प्रहरी परिचालन गरेर आफूलाई खोजिरहेको बताएका हुन्। शिवाकोटीले सरकारको धम्की र भ्रमबाट आफू विचलित नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु।’ उनले यस विषयमा थप विस्तृत विवरण भने खुलाएका छैनन्। कांग्रेसका महामन्त्री गगन थापालाई सरकारले पक्राउ गर्न खोजेको भन्ने समाचार सार्वजनिक भएसँगै सहमहामन्त्री शिवाकोटीको यस्तो प्रतिक्रिया आएको हो।
प्रहरी लगाएर खोज्नु पर्दैन, म आफैँ काठमाडौँ आउँदै छु : शिवाकोटी

Read Complete Original Article
Published originally on नेपालन्युज






