काठमाडौं । नेपाली कांग्रेस सह-महामन्त्री अजयबाबु शिवाकोटीले आफू साइबर ब्युरो जान लागेको बताएका छन्। प्रहरीबाट लगातार ताकेता आएपछि आफू प्रहरीको साइबर ब्युरो जान लागेको उनले जानकारी गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत् चाडपर्वको बिदाको समयमा प्रहरीको ताकेता आएपछि केही घण्टापछि साइबर ब्युरो पुग्ने बताएका छन्। ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु,’उनले सामाजिक सञ्जालमा लेखेका छन्। प्रहरीले के विषयमा सोधपुछ गर्न ब्युरोले बोलाएको हो सो विषयमा भने उनले खुलाएका छैनन्। The post प्रहरीले बोलाएपछि साइबर ब्यूरो जाँदै कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रहरीले बोलाएपछि साइबर ब्यूरो जाँदै कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






