Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
Photo / Coverage: नेपालन्युज

बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चार वटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ । नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो । “जिल्ला सदरमुकामकै प्रहरी कार्यालयका प्रहरी भाडाको कोठामा बस्नुपर्ने अवस्था थियो, एउटै भवनबाट प्रशासनिक कामदेखि हिरासतकक्ष र हातहतियार भण्डारणसम्मको काम गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले व्यारेक, हिरासतकक्ष, प्रहरी आवास र कार्यालय प्रमुखको निवास गरी चार वटा सुविधासम्पन्न भवन निर्माण भएका छन् ।” संघीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार ५०० लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ । नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा १४० जना प्रहरी बस्न सक्ने क्षमता छ । त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ । प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुईवटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरी चौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ वटा प्रहरी चौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् । प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठ वटा प्रहरी चौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सात वटा चौकीमा भवन निर्माण हुन सकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु
Latest NewsJust now

टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु

इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको बिहीबारदेखि इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।  तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठ... ...

नेपालखबर
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
Latest NewsJust now

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक ...

अर्थ सरोकार
फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई
Latest NewsJust now

फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। योसँगै भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्... ...

नेपालखबर
संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग
Latest NewsJust now

संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play