काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियामा आफ्नो डाटा सेन्टर सञ्चालनलाई आवश्यक पानीको व्यवस्था गर्न १६ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा स्थानीय समुदाय र औद्योगिक क्षेत्रलाई समेत लाभ पुग्ने गरी साझा पानी पूर्वाधार निर्माण गर्ने घोषणा गरेको हो ।गुगलको यो लगानीबाट निर्माण हुने पूर्वाधारले पोर्ट डिक्सन क्षेत्रमा प्रस्तावित डाटा सेन्टर सञ्चालनमा सहयोग पुर्याउनुका साथै स्थानीय बासिन्दाका लागि स्वच्छ पानीको उपलब्धता बढाउने अपेक्षा गरिएको छ ।
प्रविधिको विस्तारसँगै पानी पूर्वाधारमा गुगलको ध्यान, मलेसियामा १६ करोड डलर लगानी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






