Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही, दुई जना बर्खास्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही, दुई जना बर्खास्त
Photo / Coverage: पर्दाफास

प्रभु बैंकले चिफ बिजनेश अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीलाई कारबाही गरेको छ । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारबाही गरेको हो । आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरिकनै एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई गएको कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको सेवाबाट बर्खास्त गरिएको छ। त्यस्तै, शाक्यले प्रभु ग्रुप इन्कद्वारा रेमिट्यान्स कारोबारको सन्दर्भमा पेस गरिएको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियमहरूको पालना नगरेको र बैंकलाई ठूलो वित्तीय जोखिम तथा कानुनी दायित्वमा पार्न सक्ने देखिएकोले उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ। बैंकका अर्का कर्मचारी सुदिप श्रेष्ठले सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनाधिकृत रूपमा इमेल प्रवाह गरेकोले कर्मचारी विनियमावली बमोजिम सहायकबाट जुनियर सहायक पदमा एक तह घटुवा गरिएको छ। अर्का एक कर्मचारीको भने बढुवा रोकिएको छ । मधुसूदन न्यौपानेले स्थापित कार्यविधिहरूको पालना नगरी कार्यगत कमजोरी देखाएकोले कर्मचारी विनियमावली बमोजिम दुई वर्षको अवधिका लागि उनको बढुवा रोकिएको बैंक स्रोतले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली प्रतिभालाई विश्व बजारसँग जोड्न ग्लोबल क्रिएटिभ फाउन्डेसन स्थापना
OthersJust now

नेपाली प्रतिभालाई विश्व बजारसँग जोड्न ग्लोबल क्रिएटिभ फाउन्डेसन स्थापना

२ मंसिर, काठमाडौं । उदाउँदा तथा अवसरबाट वञ्चित मुलुकका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ग्लोबल क्रिएटिभ फाउन्डेसन (जीसीएफ) स्थापना गरिएको छ। फाउन्डेसनले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अभियान सुरु गरेको हो। भौगोलिक अवस्था, आर्थिक परिस्थिति र अवसरको अभावका कारण सिर्जनशील प्रतिभा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नबाट वञ्चित हुन नहुने मान्यताका साथ फाउन्डेसन स्थापना गरिएको जनाइएको… ...

अनलाइन खबर
नक्कली भ्याट बिल प्रकरण : ५३ करोड जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ
OthersJust now

नक्कली भ्याट बिल प्रकरण : ५३ करोड जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको कसुरमा उच्च अदालत पाटनले श्रीवास्तवलाई २०८१ वैशाख २४ गते ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो । रौतहटको गरुडा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play