काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित ताजमहल होटलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । भेटमा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँ दिल्ली पुग्नुभएको हो । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन् । दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उहाँ सोमबार साँझ स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






