Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका छन्। राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन्। उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन
Latest NewsJust now

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारको व्यवस्थापन प्रक्रिया प्राथमिकताका साथ अगाडि... ...

रातोपाटी
चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'
Latest NewsJust now

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ...

कान्तिपुर
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार रिटमाथिको बहस सकिएको हो । अब न्यायाधीश पौडेलबाट आदेश आउने चरणमा पुगेको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णय बदर गरी पुनर्बहालीको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play