काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। नेपाल एयरलाइन्सको आरएनए २१७ नम्बरको उडानमार्फत नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। उनको स्वागतमा उत्तराखण्डका कलाकारले परम्परागत लोकनृत्य प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ। प्रधानमन्त्री शाहसँगै भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विषयमा छलफल हुने बताइएको छ। यस क्रममा केही महत्त्वपूर्ण विषयमा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत छ।
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा

Read Complete Original Article
Published originally on नेपालन्युज



![प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]](https://hamrakura.com/uploads/news/images/jagdish--ss.jpg)


