Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए । त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए । राजदूत दलेलाका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेका छन् भने भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायबीच आवश्यक गृहकार्य तीव्र पारिएको छ । भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो । The post प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन
Latest NewsJust now

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारको व्यवस्थापन प्रक्रिया प्राथमिकताका साथ अगाडि... ...

रातोपाटी
चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'
Latest NewsJust now

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ...

कान्तिपुर
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार रिटमाथिको बहस सकिएको हो । अब न्यायाधीश पौडेलबाट आदेश आउने चरणमा पुगेको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णय बदर गरी पुनर्बहालीको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play