काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन्। दुईदिने भ्रमणमा रहेका विदेश सचिव मिश्रीसँगको भेटमा प्रधानमन्त्री शाहले खेलकुदको क्षेत्रमा दुई देशबीच सहकार्य गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन संवाद र भारत सरकारले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। यसअघि पाँच महिनाअघि तय भएको विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गरेपछि स्थगित भएको थियो। हाल दुवै पक्षबीच भेटवार्ता सम्पन्न भएको छ। भेटमा विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका लागि सफलताको कामना गरेका छन्। साथै, विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतबीचका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्री शाहलाई गराएका छन्।
प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव

Read Complete Original Article
Published originally on नेपालन्युज





