काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो। पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्द लगायतका सरकारका पछिल्ला निर्णयहरूको चर्को विरोध भइरहेको समयमा बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेको बताइएको छ।
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

Read Complete Original Article
Published originally on नेपालन्युज





