Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहकार्यदेखि हवाई मार्गसम्मका विषय प्राथमिकतामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहकार्यदेखि हवाई मार्गसम्मका विषय प्राथमिकतामा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा आर्थिक सहकार्य, हवाई सम्पर्क, ऊर्जा व्यापार र विकास आयोजनासम्बन्धी सम्झौता तथा समझदारीलाई प्राथमिकता दिइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्नुहुनेछ । दुई प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै वार्ता हुने तयारी छ । भ्रमणका क्रममा नेपाल र भारतबीच प्रस्तावित आर्थिक प्याकेज, हवाई प्रवेश मार्ग तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुनेछ । विशेषगरी महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको लामो समयदेखिको मागलाई महत्त्वका साथ उठाइने अपेक्षा गरिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडान सहज बनाउन महेन्द्रनगर, भैरहवा, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो समय महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावमा भारत सकारात्मक देखिएको नेपाली अधिकारीहरूले बताएका छन् । यस्तै, भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण भएका केही आयोजना उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने तयारी छ । अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी उद्घाटनको सूचीमा रहने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले मंसिर ७ गते नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । उहाँको भ्रमणलाई आर्थिक सहकार्य र लगानी विस्तारमा केन्द्रित गर्ने सरकारको तयारी छ । नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्दै आएको छ । यसका अतिरिक्त सीमापार पेट्रोलियम पाइपलाइन निर्माण तथा विस्तार, तीन सहरबीच सिधा हवाई सम्पर्क र धार्मिक तथा पर्यटकीय सर्किट विकासका विषय पनि नेपालको प्रस्तावमा छन् । ऊर्जा व्यापार पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । नेपालले भारतमा वार्षिक एक हजार ६५० मेगावाटभन्दा बढी विद्युत् बिक्री गर्ने अनुमति विस्तार गर्न चाहेको छ । त्यस्तै, बंगलादेशमा भइरहेको ४० मेगावाट विद्युत् निर्यातको परिमाण बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । भारतका प्रतिष्ठित शैक्षिक संस्था आईआईएम र आईआईटीका शाखा नेपालमा स्थापना गर्ने प्रस्तावसमेत नेपालले अघि सारेको छ । क्रिकेटलगायत खेलकुदमा प्राविधिक तथा लजिस्टिक सहयोग र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्यका विषय पनि नेपालको प्राथमिकतामा छन् । यद्यपि, नेपाल–भारतबीच लामो समयदेखि विवादित रहेका सीमा समस्या, बढ्दो व्यापार घाटा, व्यापार तथा पारवहन व्यवस्था र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भ्रमणका क्रममा ठोस प्रगति हुने सम्भावना न्यून रहेको अधिकारीहरूको आकलन छ । त्यस्तै, सन् २०२० देखि रोकिएको नेपाली नागरिकको भारतीय सेनामा भर्तीको विषयमा पनि तत्काल ठोस सहमति हुने सम्भावना कम रहेको बताइएको छ । भारतले नेपालमा जलविद्युत् क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्न चाहेको छ । भारतीय सरकारी कम्पनी एनएचपीसी संलग्न आयोजनासहित निर्माणाधीन परियोजनामा देखिएका अवरोध हटाउने विषय पनि भारतको चासोमा रहेको छ । यसैगरी, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली तथा भारतको सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा पनि दुई देशबीच छलफल हुने तयारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी
PoliticsJust now

बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी

इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो । गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन । बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको ...

फरकधार
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
PoliticsJust now

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो ...

फरकधार
चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न
PoliticsJust now

चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न

टी-२० क्रिकेट भन्नेबित्तिकै धेरैको दिमागमा चौका र छक्काको वर्षा, आक्रामक ब्याटिङ र रोमाञ्चक प्रतिस्पर्धाको दृश्य आउँछ । छोटो फम्र्याटको क्रिकेटमा ब्याटरहरू सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत हुन्छन् । समर्थक पनि मैदानमा छक्का र चौका हेर्नकै लागि उत्साहित हुन्छन् । तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा भने अपेक्षाअनुसार रन बन्न सकेको छैन । ब्याटरहरूलाई सहज ...

फरकधार
कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा
PoliticsJust now

कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play