काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह आइतबार अपराह्न नयाँ दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले आइतबार नै प्रधानमन्त्री साहसँग भेट गर्नुहुनेछ । सोमबार प्रधानमन्त्री साहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहकाे सोमबार समकक्षी मोदीसँग द्विपक्षीय वार्ता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






