Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने
Photo / Coverage: विश्वखबर

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको मिति र तालिका निश्चित भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्टै स्वदेश फर्कने गरी भ्रमण कार्यक्रम तय भएको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ । यससँगै भारत भ्रमण कहिले हुने भन्ने द्विविधा पनि हटेको छ । यसअघिसम्म मङ्सिर पहिलो हप्ता भारत भ्रमणमा जाने भनिए पनि मिति र तालिका निश्चित भएको थिएन । समाचारका अनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् । त्यस्तै भोलिपल्ट अपराह्न ४ः२० बजे निगमकै नियमित उडानबाट नेपाल फर्कने कार्यक्रम छ । भ्रमणको औपचारिक घोषणा र अन्तिम तालिका भने अझै सार्वजनिक हुन बाँकी छ । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली जाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा थियो । तर छोटो समयमै उच्चस्तरीय भेटघाट र द्विपक्षीय छलफल सकेर फर्कने गरी भ्रमण छोट्याइएको बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?
Latest NewsJust now

२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । करिब २५ घण्टा भारतमा बिताएर उनी मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ। उनी मंसिर ६ गते दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं हुँदै दिल्ली प्रस्थान गर्नेछन् । मंसिर ७ गते अपराह्न ४:२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट उनी स्वदेश फर्कने ...

केन्द्रबिन्दु
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर
Latest NewsJust now

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

• इलाममा परेको असिना पानीले पाक्न लागेको धान बालीमा ९० प्रतिशतसम्म क्षति पुर्याएको छ। • किसानहरूले असिनासहितको वर्षाले धानको बाला झारेको र बोट ढालेर क्षति पुर्याएको बताएका छन्। • कृषि ज्ञान केन्द्र र स्थानीय तहले किसानको नोक्सानी प्रति चासो नदिएको र राहतको व्यवस्था गर्न माग गरिएको छ। ...

नेपालबहस
धमाधम स्थापना हुँदै पूर्वाधार विकास डिभिजन कार्यालय
Latest NewsJust now

धमाधम स्थापना हुँदै पूर्वाधार विकास डिभिजन कार्यालय

काठमाडौँ, कात्तिक ३० गते । स्थानीय पूर्वाधार विकास विभागले सङ्घीय पूर्वाधार विकासका योजना सञ्चालन, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिल्लामा पूर्वाधार विका... ...

गोरखापत्र
पासो थापेर वन्यजन्तुको चोरी सिकार
Latest NewsJust now

पासो थापेर वन्यजन्तुको चोरी सिकार

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीसिकार हुने गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बर्सेनि ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीसिकार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play