Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । करिब २५ घण्टा भारतमा बिताएर उनी मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ। उनी मंसिर ६ गते दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं हुँदै दिल्ली प्रस्थान गर्नेछन् । मंसिर ७ गते अपराह्न ४:२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट उनी स्वदेश फर्कने बताइएकाे छ । भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक भइसकेको छैन । तर, भ्रमणका क्रममा नेपालले भारतसँग २ लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग्ने तयारी गरेको बताइएको छ । प्रस्तावमा १ लाख करोड सहुलियतपूर्ण ऋण र १ लाख करोड अनुदान समावेश छन् । अनुदानमध्ये ५० अर्ब रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब बुटवल–पोखरा एक्सप्रेसवेका लागि प्रस्ताव गर्ने तयारी छ । नेपालले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन पनि भारतसँग आग्रह गर्नेछ । नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुट खोल्ने तथा नेपाली सहरलाई भारतका दोस्रो तहका सहरसँग सीधा हवाई सम्पर्कमा जोड्ने विषयसमेत छलफलमा उठ्न सक्नेछ । भारतले भने बागडोगरा र रक्सौलका अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषयमा चासो राखेको छ । त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, विद्युत् व्यापार, माथिल्लो तामाकोसीको बिजुली खरिद, बंगलादेशमा विद्युत् निर्यात सहजीकरण र महाकाली सिँचाइ आयोजनाका विषय पनि भ्रमणका एजेन्डामा छन् । चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले खरिद गर्ने वातावरण बनाउन नेपालले आग्रह गर्ने तयारी गरेको छ । पूर्वाधारतर्फ रक्सौल–काठमाडौं रेलमार्ग, अयोध्या–जनकपुर रेल सेवा, पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुला पुल, भैरहवा एकीकृत जाँच चौकी र महाकालीमा मोटरेबल पुल निर्माणका विषयमा छलफल हुने अपेक्षा छ । मंसिर ७ गते प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या–जनकपुर साप्ताहिक रेल सेवा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने सम्भावना पनि छ । दोधारा–चाँदनी एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–चाराली पेट्रोलियम पाइपलाइनको संयुक्त शुभारम्भको विषयसमेत तयारीमा रहेको बताइएको छ । सीमा विवादका विषयमा भने कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको मुद्दा औपचारिक छलफलमा समेटिने निश्चित भइसकेको छैन । प्रधानमन्त्री बनेपछि एक वर्ष विदेश भ्रमण नगर्ने बताएका बालेन यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । भारत भ्रमण भने उनको पहिलो औपचारिक द्विपक्षीय भ्रमण हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन
Latest NewsJust now

पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

तनहुँ । नेपालको राष्ट्रिय झण्डासहितको विशाल पार्क निर्माणका लागि तनहुँमा देउसीभैलो अभियान सञ्चालन गरिएको छ। बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन झण्डा पार्कलाई पूर्णता दिन आवश्यक रकम जुटाउने उद्देश्यले स्थानीयवासीले देउसीभैलो अभियान... ...

रातोपाटी
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली
Latest NewsJust now

तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली

• रास्वपा सांसद भरत पराजुलीले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारसँग पहल गर्नुपर्ने बताएका छन्। • उनले चीनसँग साझा अवधारणा बनाएर नाका सञ्चालन गर्न महत्त्वपूर्ण रहेको र यसले ढुवानी खर्च घटाउने दाबी गरे। • नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने र निर्माण व्यवसायीलाई समयमै काम नगरेमा हटाउनुपर्ने सुझाव दिएका छन्। ...

नेपालबहस
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
Latest NewsJust now

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड

• नेपाल बैंक लिमिटेडले आफ्नो ९०औं वार्षिकोत्सवमा बैंकिङ क्षेत्रका सुधार र ऐतिहासिक योगदानको चर्चा गरेको छ। • अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्पादनशील क्षेत्रको वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन र प्रविधिमैत्री बैंकिङ सेवामा सुधारको आवश्यकता रहेको बताएका छन्। • बैंकले ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय प्रणालीमा समावेश गर्न र साइबर सुरक्षा र तथ्यांक संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। ...

नेपालबहस
प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा
Latest NewsJust now

प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नोभेम्बर २२ मा नयाँ दिल्ली पुग्ने र मंसिर ७ गतेदेखि औपचारिक भेटवार्ता तथा छलफलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । सोही दिन नेपाल–भारत ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play