प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तयारी तीव्र पारेको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ थियो । भेटमा प्रधानमन्त्री शाहले दलेलालाई राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले रसुवा-भोटेकोशीमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार पनि व्यक्त गरे । भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

Read Complete Original Article
Published originally on पर्दाफास






