Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।

त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चपदस्थ अधिकारीहरू पनि टोलीमा सहभागी छन् ।

प्रतिनिधिमण्डलमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत सरकारी अधिकारीहरूको सहभागिता छन् ।

यसैगरी, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, प्रेस तथा सञ्चार सल्लाहकार, सुरक्षा अधिकारी, सैनिक सहयोगी तथा प्रोटोकल अधिकारीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् ।

भ्रमण टोलीमा सञ्चारमाध्यमका तर्फबाट गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत सहभागी छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसहित कुल ३५ सदस्य सहभागी छन् ।

भ्रमण टोलीका ३५ सदस्यको नामावली यसप्रकार छ :

बालेन्द्र शाह – सम्माननीय प्रधानमन्त्री

डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय

रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव

याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव

गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय

सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय

सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)

मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र

कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन

प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)

मुकेश डंगोल – क्यान डीजी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान
OthersJust now

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् । भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ...

पर्दाफास
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का
OthersJust now

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । ...

अनलाइन खबर
प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ
OthersJust now

प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ

विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए । ...

अनलाइन खबर
सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो
OthersJust now

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर लेखा समितिमा उजुरी परेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play