काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गर्नुभएको छ । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको हो । नेपाली संस्कृति र परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममार्फत कुकुरप्रतिको प्रेम, सम्मान र मानव तथा जनावरबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ ।
प्रधानमन्त्री पत्नी सबिना काफ्लेद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना (फोटो)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






