Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताउनुभएको छ । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिँदै उहाँले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । मन्त्री खनालका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार विकास तथा सीमापार सम्पर्क सञ्जाललगायतका विषयमा महत्वपूर्ण सहमति भएका छन् । भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको उहाँले जानकारी दिनुभयो । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने भएको छ । त्यस्तै, दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभएको मन्त्री खनालले बताउनुभयो । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षणलाई अन्तिम रूप दिनुका साथै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत सहकार्य गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । ऊर्जा क्षेत्रतर्फ ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तीव्र पार्न दुवै पक्ष सहमत भएको उहाँले बताउनुभयो । त्यसैगरी, इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । सीमापार पूर्वाधार विकासअन्तर्गत भैरहवा, सुनौली र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिने सहमति भएको छ । भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको मन्त्री खनालले जानकारी दिनुभयो । पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी रूपमा सञ्चालन गर्न भारत सहमत भएको मन्त्री खनालले बताउनुभयो । मन्त्री खनालले प्रधानमन्त्री शाहको भ्रमण नेपालको राष्ट्रिय हित प्रवर्द्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताउनुभयो । भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवं सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो । साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ ।’ उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र छलफलले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै आगामी दिनमा परिणाममुखी उपलब्धि हासिल गर्ने आधार तयार गरेको पनि बताउनुभयो । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, ...

नेपालन्युज
मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ
Latest NewsJust now

मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव ... ...

नेपालखबर
प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए
Latest NewsJust now

प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए

काठमाडौँ । बिहान उठेर नुहाउन पस्दा म्याग्दीका सुरेन्द्र खत्रीको हातबाट साबुन दशौँ पटक भुइँमा खस्छ । चिप्लो साबुनलाई च्यापेर टाउकोमा पुर्‍याउन उनका लागि ठुलै युद्ध जितेझैँ हुन्छ । यो उनले... ...

रातोपाटी
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली
Latest NewsJust now

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement