Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

‘प्रधानमन्त्रीको भारत भ्रमण नेपालका लागि बहुआयामिक अवसर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘प्रधानमन्त्रीको भारत भ्रमण नेपालका लागि बहुआयामिक अवसर’
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट र सेन्टर फर पिस स्टडिजको संयुक्त आयोजनामा ‘नेपाल-भारत सम्बन्धका बदलिँदा आयाम’ विषयक छलफल कार्यक्रम सोमबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल-भारत सम्बन्धको विकसित हुँदै गएको स्वरूप तथा क्षेत्रीय र रणनीतिक परिदृश्यमा आइरहेका परिवर्तनबारे विज्ञ तथा सरोकारवालाबीच विचारविमर्श गरिएको थियो । आयोजकका अनुसार कार्यक्रममा सिपिएसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सिपिएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी सिक्सित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक धोज थापा वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । सिपिएसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल-भारत सम्बन्धलाई राज्यकेन्द्रित तथा सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने परम्पराभन्दा माथि उठेर जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । भारतीय विज्ञहरूले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका अवसरहरू औँल्याउनुका साथै सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीबारेमा चर्चा गरेका छन् । भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमको चर्चा गर्दै उहाँले औपनिवेशिक विरासतले द्विपक्षीय सम्बन्धमा पारेको प्रभाव र त्यसबाट क्रमशः बाहिर निस्कँदै छिमेकी मुलुकप्रति बढी समावेशी दृष्टिकोण अपनाउने प्रक्रियाबारे प्रकाश पार्नुभयो । विशेषगरी उहाँले गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाबिनाको सहयोगको अवधारणा उल्लेख गर्नुभयो । साथै, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो दृष्टिकोणबारे चर्चा गर्दै क्षेत्रीय स्थायित्व र विकास छिमेकी मुलुकहरूसँगको पारस्परिक हितमा आधारित सम्बन्धमा निर्भर रहने मान्यताको महत्त्व बढ्दै गएकोसमेत बेहुरियाले बताउनुभयो । त्यसैगरी, सिपिएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका अवसरहरू औँल्याउनुका साथै सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीबारे पनि चर्चा गर्नुभयो । भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकताहरू भारतसमक्ष स्पष्टरूपमा प्रस्तुत गर्ने तथा आपसी विश्वास र सहकार्य अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सक्ने भएकाले दुवै देशका लागि लाभदायक अवस्था सिर्जना गर्न सक्ने उहाँको भनाइ थियो । प्रविधि उद्यमी सिक्सित भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र सुरक्षालाई आकार दिन प्रविधिको महत्त्व बढ्दै गएको बताउनुभयो । सेमिकन्डक्टर आपूर्ति शृंखला तथा आर्टिफिसियल इन्टेलिजेन्स(एआई)लगायतका महत्त्वपूर्ण प्रविधिगत पूर्वाधारमाथि सीमित नियन्त्रण भएकाले नेपाल र भारत दुवै जोखिमको अवस्थामा रहेको उहाँको धारणा थियो । प्रविधि उद्यमी भट्टले विशेषगरी एआई, साइबर सुरक्षा तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिँदै उल्लेखित क्षेत्रहरू कूटनीति र सुरक्षासम्बन्धी चासोका नयाँ आयामका रूपमा विकसित भइरहेकाले नेपाल र भारतबीचको सम्बन्ध केवल प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा सीमित नराखी संयुक्तरूपमा प्रविधिको विकास गर्ने सहकार्यमा रूपान्तरण हुनुपर्ने बताउनुभयो । नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेकध्वज थापाले दुवै देशको कुल जनसंख्याको करिब ५० देखि ६० प्रतिशत हिस्सा युवाहरूले ओगटेको उल्लेख गर्दै युवाहरूको सहभागिताबिना द्विपक्षीय सम्बन्ध अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले सम्बन्धको भविष्य निर्माणमा युवाहरूको विचार र आवाजलाई महत्त्व दिनुपर्नेमा जोड दिँदै नेपालका वर्तमान युवाहरूले आफ्ना अघिल्ला पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र त्यससँग जोडिएको दृष्टिकोण नबोकेका बरु उनीहरूले कुनै पनि प्रकारको भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षमा नअल्झिई आफ्नो देशको विकास भएको हेर्न चाहेको बताउनुभयो । सो अवसरमा नाइस नेपाल र सिपिएसबीच आपसी आदानप्रदान तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play