काठमाडौं । निर्देशक कृषा चौलागाईंले अभिनेता प्रदीप खड्का र पल शाहलाई लिएर नयाँ चलचित्र निर्माण गर्ने हुनुभएको छ । ‘खलनायक’ शैलीको त्रिकोणात्मक प्रेमकथामा आधारित हुने चलचित्रमा दुई अभिनेता र एक अभिनेत्री मुख्य भूमिकामा रहनेछन् । यसैवर्ष छायांकन गर्ने तयारी गरिएको चलचित्रलाई विशाल चौलागाईंले निर्माण गर्नुहुने जनाइएको छ । हाल चलचित्रको पटकथा लेखन भइरहेको छ । कृषा र प्रदीप-पलबीच यसै साता लिखित सम्झौता गर्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि दिनेश राउत निर्देशित चलचित्र ‘पूजार सार्की’मा सँगै देखिनुभएका प्रदीप र पलको केमेष्ट्री दर्शकले रुचाएका थिए । त्यसयता उहाँहरूलाई पुनः एउटै पर्दामा हेर्ने दर्शकको चाहना रहँदै आएको छ । कृषाले यसअघि ‘पिताम्बर’ निर्देशन गर्नुभएको थियो ।
प्रदीप र पललाई लिएर फिल्म बनाउँदै कृषा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






