काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले आफ्नो नयाँ प्रशिक्षकमा सोमबार थोमस फ्रान्कलाई नियुक्त गरेको छ । डेनिस प्रशिक्षकसामु अब लिग तालिकाको पुछारमा रहेको प्यालेसलाई रेलिगेसनबाट बचाउने चुनौती हुनेछ । ब्रेन्टफोर्ड र टोटनहमका पनि प्रशिक्षक रहि सकेका फ्रान्कले पिएरे सेजको स्थान लिनेछन् । सेजले भने प्यालेसमा रहँदा १६ खेलको मात्र जिम्मेवारी लिन पाए र टिमको लगातार खराब प्रदर्शनपछि वर्खास्तीमा परे । फ्रान्कले अहिले प्यालेससँग साढे दुई वर्षको अनुबन्ध गरेका छन् । उनले प्यालेसको जिम्मेवारी गर्वले सम्हाल्ने प्रतिक्रिया पनि दिएका छन् । प्यालेस ईग्लिस प्रिमियर लिगमा १० खेलबाट सात अंकमा २० औं स्थानमा सबैभन्दा पुछारमा छ । रेलिगेसन क्षेत्रमा रहेका अन्य टिममा सन्डरल्यान्ड र म्यानचेस्टर युनाइटेड रहेका छन् ।
प्यालेसको प्रशिक्षकमा फ्रान्क

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






