पोल्यान्डमा संवैधानिक अदालतको नेतृत्वलाई लिएर सरकार र राष्ट्रपतिबीच विवाद चर्कियो

काठमाडौं । पोल्यान्डमा प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र राष्ट्रपति कारोल नावरोत्स्कीबीच संवैधानिक अदालतको नियन्त्रणलाई लिएर विवाद चर्किएको छ । अदालतका एक न्यायाधीशले अध्यक्ष र उपाध्यक्षलाई एक महिनाका लागि निलम्बन गर्दै आफैँले नेतृत्व सम्हालेपछि राजनीतिक तनाव बढेको हो । न्यायाधीश आन्ना कोर्विन पियोत्रोभ्स्काले अदालतका अध्यक्ष बोग्दान स्विएन्त्स्कोभ्स्की र उपाध्यक्षलाई निलम्बन गरेकी हुन् । नयाँ नियुक्त भएका न्यायाधीशलाई काम गर्न नदिएको भन्दै उनले यस्तो निर्णय लिएको बताएकी छन् । तर विपक्षी दलले यसलाई संवैधानिक संस्थामाथि नियन्त्रण जमाउने प्रयास भन्दै विरोध गरेको छ । विवादको जड सन् २०१५ मा सुरु भएको हो। तत्कालीन कानुन तथा न्याय पार्टीको सरकारले न्यायालयमा गरेको नियुक्ति र संरचनागत परिवर्तनलाई लिएर विवाद भएको थियो । सन् २०२३ मा सत्तामा आएको टस्क सरकारले न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रयास गरिरहेको छ। तर राष्ट्रपति र विपक्षी दलले सरकारका कदम संविधानविपरीत भएको आरोप लगाउँदै आएका छन् । यसैबीच, अदालतबाहिर सयौँ मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि वस्तु प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । घटनाकै कारण राष्ट्रपति नावरोत्स्की विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री टस्कले भने कानुनी शासन पुनःस्थापना गर्न कठिन निर्णय लिनुपर्ने बताएका छन् । The post पोल्यान्डमा संवैधानिक अदालतको नेतृत्वलाई लिएर सरकार र राष्ट्रपतिबीच विवाद चर्कियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


