पोखरा-जोमसोम हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् । मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ । The post पोखरा-जोमसोम हवाई सेवा स्थगित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]](https://i3.ytimg.com/vi/LXwzpAJbkyk/0.jpg)
शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]
बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । हेरौं यो भिडियो रिपोर्ट : ...

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए । ...
![[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...


