काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले। उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए। कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे। महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए। बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। यस्तै मार्क वाटले एक विकेट लिए। कर्णाली याक्सले अहिले जवाफी ब्याटिङ गर्ने क्रममा पाँच ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ।
पोखरा एभेन्जर्सले कर्णालीलाई दियो २१८ रनको चुनौती

Read Complete Original Article
Published originally on नेपालन्युज






