Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
Photo / Coverage: नेपालन्युज

गण्डकी। पृथ्वी राजमार्गअन्तर्गत गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। कुल ८१ किलोमिटर दूरीको यो सडकमध्ये पूर्वी खण्ड (जामुने-मुग्लिन) निर्माण सकिएर हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ। पश्चिम खण्डको बाँकी काम पनि आगामी मंसिरभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ र चितवनबाट पोखरा आउजाउ गर्ने यात्रुहरूले वर्षौंदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती हटेको छ भने यात्रासमेत छरितो र सुरक्षित बनेको छ। पूर्वी खण्ड हस्तान्तरण, ५ वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्ने आयोजनाका अनुसार ४१.४५ किलोमिटर दूरीको पूर्वी खण्डको काम पूरा भएर सडक हस्तान्तरण भइसकेको छ। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार हाल सडकको ‘त्रुटि सच्चाउने अवधि’ (डीएलपी) सुरु भइसकेको छ। “सडक हस्तान्तरणपछि एक वर्षको डीएलपी अवधि सुरु भएको छ,” पाण्डेले भने, “त्यसपछि पनि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।” यस खण्डअन्तर्गत सहरी क्षेत्र पर्ने दमौली र डुम्रे बजारमा गरी करिब दुई किलोमिटर सडक ६ लेन र बाँकी भाग ४ लेनमा विस्तार गरिएको छ। यस खण्डमा साना-ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले विसं २०७८ वैशाखदेखि ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ लागतमा यसको निर्माण गरेको हो। यस खण्डअन्तर्गत तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माणाधीन छ। पश्चिम खण्डको काम मंसिरभित्रै सक्ने लक्ष्य तनहुँको जामुनेदेखि पर्यटकीय सहर पोखरा जोड्ने ३८.८८ किलोमिटर लामो पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ। आयोजनाका पश्चिम खण्ड प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार अब करिब पाँच किलोमिटर सर्भिस लेन मात्र कालोपत्र गर्न बाँकी छ। “पोखराको अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको तयारी भइरहेको छ,” इन्जिनियर कुँवरले भने, “रोड मार्किङ गर्ने र ट्राफिक संकेत चिह्न राख्नेजस्ता सडक सुरक्षाका कामहरू धमाधम भइरहेका छन्। आगामी मंसिरभित्रै सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ।” सहरी क्षेत्र बाक्लो भएकाले पश्चिम खण्डमा १८.५ किलोमिटर सडक ६ लेनमा विस्तार गरिएको छ। पोखराका मुख्य बजारका साथै तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा ६ लेन सडक बनेको छ भने बाँकी भाग ४ लेनको छ। यस खण्डका १३ मध्ये १२ वटा पुल बनिसकेका छन्। पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको काम भने छुट्टै ठेक्कामार्फत भइरहेको छ। यो खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको थियो। यो खण्डमा पनि हस्तान्तरणपछि एक वर्ष डीएलपी र पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीकै हुनेछ। फेरियो सहरी सौन्दर्य, पर्यटन र अर्थतन्त्रमा टेवा एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा पाँच दशक पुरानो राजमार्गलाई आधुनिक स्तरमा विस्तार गरिएको हो। निर्माणको सुरुवाती चरणमा कामले गति लिन नसक्दा स्थानीयवासी र पर्यटन व्यवसायीले चौतर्फी दबाब दिएका थिए। सडक चौडा र व्यवस्थित बनेसँगै पोखरा प्रवेश गर्ने मुख्य चोकहरूको सौन्दर्यसमेत फेरिएको छ। पोखराका अमरसिंहचोक, बुद्धचोक, अर्घौंचोक र तालचोकलगायत क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाएर चोकलाई खुला र आकर्षक बनाइएको छ। प्रदेशको मुख्य सडकमार्ग सहज र आधुनिक बनेपछि गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिमा नयाँ उत्साह थपिने विश्वास लिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन ...

टक्सार
हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो
Latest NewsJust now

हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो

विराटनगर । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ल्यान्ड गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन् । घाइते दुवैलाई […] ...

लोकपथ
जुम्लामा नेकपाको जागरण अभियान सुरु
Latest NewsJust now

जुम्लामा नेकपाको जागरण अभियान सुरु

जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरु गरेको हो । नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, ...

हिमालय टाइम्स
तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]
Latest NewsJust now

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play