Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
Photo / Coverage: नेपालन्युज

कास्की। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए। प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ। त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको उनले जानकारी दिए। लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको छ। अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ। “सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न सकिएको छैन”, इन्जिनियर सुवेदीले भने, “पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुनेछ।” आयोजनाअन्तर्गत पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ। विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ। भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरामा छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ। त्यस्तै, भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए। भरतपुरका एक हजार २०० घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ। अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाएर तार भूमिगत गर्दा सहरी सौन्दर्य कायम हुनुका साथै दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ। सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो। एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
Latest NewsJust now

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

• अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई राहत कोषमा हस्तान्तरण गरिएको छ। • रिच फर नेपाल फाउन्डेसनले २०१५ देखि नेपालमा मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। • आगामी दिनमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाको अध्ययन गर्न इन्जिनियर र विज्ञहरूको टोली नेपाल पठाउने तयारी भइरहेको छ। ...

नेपालबहस
जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु
Latest NewsJust now

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ ...

कान्तिपुर
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद
Latest NewsJust now

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबार अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको... ...

रातोपाटी
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी रिहा
Latest NewsJust now

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो। रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play