पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए । त्यस्तै ब्रान्डन म्याकुलनले २२ रन बनाए भने सैफ जैबले १५ रनको योगदान दिएका थिए । त्यसैगरी पोखराका बलर शकिब अल हसन, मेहदी र धनन्जय लक्शानले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले कमब्याक गरेको छ । त्यस्तै पोखराले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । एनपीएल अन्तर्गत भोली जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुदैछ । The post पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल
काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बुधबार छलफल भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा... ...
_ZDk3mYBirE.jpg)
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गर्थ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन... ...

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान
ताप्लेजुङ, कात्तिक ११ गते । चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माण कार्यलाई तीव्... ...

नभसुरक्षामा नेपाली सेना सक्रिय
काठमाडौँ । नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा... ...


