Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

11/1/2026, 2:34:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट शुरु हुने उक्त ट्रेलले पोखराका नौवटै ताललाई आपसमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत पोखराका सबै तालसम्म सहजै पुग्न सक्नेछन् । आयोजना कार्यान्वयनमा आएपछि ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रसमेत चलायमान हुने महानगरको अपेक्षा छ । यसले पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन थप लम्ब्याउन विशेष भूमिका खेल्ने मेयर आचार्यले बताए। उनकाअनुसार पर्यटकलाई फेवातालमा मात्रै सीमित नराखी पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन यो आयोजना महत्त्वपूर्ण हुनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको उल्लेख गर्दै मेयर आचार्यले यहाँको प्राकृतिक सम्पदा, संस्कृति र शाहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनकाअनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएर आएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् । उनले भने, ‘पोखरा नेचर, कल्चर र एडभेन्चरको शहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुनेछ ।’ मेयर आचार्यले निर्वाचनका बेला नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनको माध्यमबाट आपसमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आफ्नो कार्यकालको अन्तिम चरणमा उक्त प्रतिवद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लाग्दा आफू उत्साहित भएको उनले बताए। पोखराका ताल, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने यो आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यसले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई समेत नयाँ अवसर सिर्जना गर्ने विश्वास महानगरले लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा
OthersJust now

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय सरकारले गरेका केही निर्णय र देशमा भएका घटनाले गम्भीर प्रश्न जन्माएको बताए । उनले सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षण गर्न कांग्रेसले सशक्त प्रतिपक्षको ...

पर्दाफास
राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?
OthersJust now

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

पछिल्ला घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ- नेपालको राज्यसत्ता जननिर्वाचित प्रतिनिधिहरूले सञ्चालन गरिरहेका छन् कि पर्दापछाडि सक्रिय बिचौलिया, आर्थिक स्वार्थ समूह, तस्कर र माफियाको प्रभावमा चलिरहेको छ ? ...

अनलाइन खबर
गगनको चेतावनी- सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब चुप बस्दैनौँ
OthersJust now

गगनको चेतावनी- सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब चुप बस्दैनौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाउँदै लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका हुन् । समाचार प्रकाशित भएकै आधारमा प्रहरी मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गर्नु गम्भीर विषय भएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play