Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गगनको चेतावनी- सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब चुप बस्दैनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनको चेतावनी- सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब चुप बस्दैनौँ
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाउँदै लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका हुन् । समाचार प्रकाशित भएकै आधारमा प्रहरी मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गर्नु गम्भीर विषय भएको उनको भनाइ थियो । उनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेपलाई सामान्य रूपमा लिन नहुने बताए । कांग्रेसले आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने र राष्ट्रिय संकटका बेला साथ दिने भए पनि लोकतन्त्र तथा नागरिक अधिकारका विषयमा सरकारको गलत कदमको प्रतिवाद गर्ने उनको भनाइ थियो । पत्रकार पक्राउको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको थापाले बताए । नागरिक दबाबपछि पक्राउ परेका पत्रकार रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्रै सीमित गर्न नहुने उनले उल्लेख गरे । थापाले भने, ‘केही समाचारहरू प्रकाशित भएको आधारमा प्रहरीहरू केही मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ । यो घटनाले हामी सबैलाई केही वर्ष अगाडिको एउटा अप्रिय घटनाको याद दिलायो, शाही कालको याद दिलायो, जतिखेर मिडिया हाउसमा सुरक्षाकर्मीहरू प्रवेश गर्नुभएको थियो । यो घटना पछाडि विरोध भयो, प्रश्नहरू उठ्यो र त्यस पछाडि पत्रकार साथीहरू रिहाइ हुनुभयो । केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब ? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो ।’ उनले उक्त घटनाले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको बताए । प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको उनको टिप्पणी थियो । थापाले सरकारमा रहेका केही व्यक्तिले राज्यका निकायलाई निजी आदेश पालना गर्ने कार्यालयका रूपमा बुझ्न थालेको भन्दै यस्तो प्रवृत्ति शक्तिको स्वेच्छाचारी प्रयोग भएको बताए । ‘डेमोक्रेसीमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौँ । त्यसैले त हामी सरकारले भनेका कुरा मान्छौँ । तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ ? कानूनबाट उत्पन्न हुन्छ । तर जब सरकारको इच्छा नै सरकारमा बसेको मानिसहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्छ, त्यसपछि समस्या सुरु हुन्छ । अहिले भएको त्यही नै हो’ उनले भने । सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिलाई सामान्यीकरण नगर्न उनले सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरे । सरकारको अधिकार कानुनी सीमाभित्र रहेर प्रयोग हुनुपर्नेमा जोड दिँदै थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा कांग्रेसले निरन्तर प्रश्न उठाउने र आवश्यक परे प्रतिवाद तथा प्रतिरोध गर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
OthersJust now

३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्। घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको थियो। सो क्रममा विभिन्न कागजातसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। ...

पर्दाफास
९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा
OthersJust now

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। ...

अनलाइन खबर
२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य
OthersJust now

२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य

आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play