Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Photo / Coverage: पर्दाफास

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्। घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको थियो। सो क्रममा विभिन्न कागजातसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा
OthersJust now

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। ...

अनलाइन खबर
२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य
OthersJust now

२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य

आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play