Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने
Photo / Coverage: टेक्नोलोजी खबर

पृथ्वीले नयाँ सानो चन्द्रमा भेटेको छ। यो क्रिसमससम्म पृथ्वीको वरिपरि रहनेछ। २०२६ क्यूक्यू८ नाम दिइएको यो अन्तरिक्ष चट्टान पहिलोपटक सन् २०२६ को अगस्टमा देखिएको थियो। यो सन् २०२६ को अप्रिलमा पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। यसको खोजबारे अन्तर्राष्ट्रिय खगोलीय संघको माइनर प्लानेट सेन्टरले बिहीबार (अक्टोबर २९) जानकारी दिएको हो। तर क्यूक्यू८ पृथ्वीको वरिपरि अस्थायी रूपमा मात्र रहनेछ। यो सानो चन्द्रमा डिसेम्बरसम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र त्यसपछि सन् २०२७ मा पृथ्वीबाट टाढिनेछ। वैज्ञानिकहरूले क्यूक्यू८ ले यात्रा गर्ने कक्षाको पुनः अध्ययन गरेका छन्। यसले सूर्यको एक फन्को लगाउन ३५९ दिन अर्थात् पृथ्वीको एक वर्षको करिब ०.९८ भाग समय लगाउँछ। क्यूक्यू८ करिब प्रत्येक १० वर्षमा पृथ्वीको नजिक आउँछ। तर यसपटक यो यति नजिक आयो कि पृथ्वीले आफ्नो गुरुत्वाकर्षण शक्तिका कारण यसलाई आफूतिर तान्न सफल भयो। माइनर प्लानेट सेन्टरका अनुसार यसपटक क्यूक्यू८ पृथ्वीबाट सबैभन्दा नजिक आउँदा करिब ३ लाख ५३ हजार माइल (५ लाख ६८ हजार किलोमिटर) टाढा हुनेछ। यो पृथ्वी र चन्द्रमाबीचको औसत दूरीभन्दा करिब १ लाख १० हजार माइल (१ लाख ७७ हजार किलोमिटर) बढी हो। स्पेस डटकमका अनुसार क्यूक्यू८ पृथ्वीसँग ठोक्किने गरी नजिक आए पनि यो पृथ्वीको सतहमा पुग्नुअघि नै वायुमण्डलमा पूर्ण रूपमा नष्ट हुने सम्भावना छ। यसको व्यास करिब ६ फिट (२ मिटर) मात्र छ। पृथ्वीले पहिलोपटक यस्तो सानो चन्द्रमा समातेको भने होइन। यस्ता वस्तुलाई अझ सही रूपमा अस्थायी उपग्रह भनिन्छ। वास्तवमा, गत वर्ष गरिएको एक अनुसन्धानले पृथ्वीको वरिपरि कुनै पनि समयमा ६ वटासम्म यस्ता साना चन्द्रमा परिक्रमा गरिरहेका हुन सक्ने देखाएको थियो। तीमध्ये धेरैजसो पृथ्वीको स्थायी प्राकृतिक उपग्रह चन्द्रमाका टुक्रा हुन सक्छन्। क्यूक्यू८ सानो भए पनि औसत सानो चन्द्रमाभन्दा ठूलो छ। यसै वर्ष गरिएको नमुना अध्ययनले अस्थायी उपग्रहको औसत आकार ७५ सेन्टिमिटर (३० इन्च) हुने देखाएको थियो। सोही अध्ययनले यस्ता वस्तु पृथ्वीको वरिपरि औसतमा करिब नौ महिनासम्म रहने देखाएको थियो। त्यसैले क्यूक्यू८ सन् २०२६ को अप्रिलमा पृथ्वीको गुरुत्वाकर्षणमा आएको हो भने यो सन् २०२७ को जनवरीमा पृथ्वीबाट टाढिनुपर्ने देखिन्छ। अनुसन्धानकर्ताहरूका अनुसार पृथ्वीले करिब १० फिट (३ मिटर) चौडाइ भएको कुनै अन्तरिक्ष चट्टानलाई आफ्नो गुरुत्वाकर्षणमा तान्न सकेमा त्यो १० देखि २० वर्षसम्म सानो चन्द्रमाका रूपमा पृथ्वीको वरिपरि रहन सक्छ। The post पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा
TechnologyJust now

एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनले निगरानी गरिरहेको दाबी गरिएको छ । प्रतिवेदनअनुसार सिंगापुरमा मुख्यालय रहेको प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई जेन्सेनमाथि जासुसी गर्न चीनले परिचालन गरेको आशंका गरिएको छ ।विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनको गतिविधिबारे सूचना संकलन ...

आइसिटी समाचार
ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर
TechnologyJust now

ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले ११ अर्ब अमेरिकी डलरको नयाँ लगानी जुटाएको छ । कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर कायम गरिएको यस लगानी चरणको यो पहिलो हिस्सा भएको यस विषयमा जानकार एक स्रोतले शुक्रबार जानकारी दिएको छ ।ओपनएआईले सुरुमा ३० अर्ब डलरसम्म लगानी जुटाउने लक्ष्य राखेको थियो । हाल प्राप्त ११ अर्ब डलर उक्त लक्ष्यको एक ...

आइसिटी समाचार
साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?
TechnologyJust now

साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?

काठमाडौं । नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ । तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ ।यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको ...

आइसिटी समाचार
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा
TechnologyJust now

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम बन्द, सेवाग्राही मर्कामा

२३ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व तिहारअन्तर्गत लक्ष्मीपूजाको दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। लक्ष्मीपूजाको दिन नगद तथा धनमाललाई देवी लक्ष्मीको प्रतीकका रुपमा पूजा गर्ने परम्परा रहे तापनि एटिएम सेवा अवरुद्ध हुँदा आवश्यक नगद जोहो गर्न गएका ग्राहकहरु मर्कामा परेका हुन्। लक्ष्मीपूजाको दिन आइतबार दिउँसो करिब ४ बजे […] The post लक्ष्मीपूजाकै दिन ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play