काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गरे । चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रूपैयाँ मात्रै रहेको भन्दै उनले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताए । वाग्लेले सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्म निजी क्षेत्रको सहभागितालाई लिएर समाजमा अझै पनि प्रश्न उठ्ने गरेको बताए । सबै काम राज्यले नै गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ । अर्थमन्त्री वाग्लेले भने, “हामी सबैको आँखा ७० खर्ब अर्थात् ७ हजार अर्बको अर्थतन्त्रलाई चलायमान गर्नुपर्नेछ । बाँकी अर्थतन्त्र भनेको निजी क्षेत्र नै हो । उहाँहरूलाई आकर्षित नगरिकन पूर्वाधारमा छलाङ मार्न सकिँदैन ।” सरकारले निजी क्षेत्रलाई पूर्वाधारमा आकर्षित गर्न यस वर्षको बजेटमा विभिन्न आधार तयार गरेको पनि उनले बताए । हाइब्रिड एन्युटी मोडेल कार्यान्वयनमा लैजाने तयारी भइरहेको र वैकल्पिक विकास वित्त कोषको ऐन पारित भइसकेको उनले जानकारी दिए । उक्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया दुईदेखि चार हप्ताभित्र अघि बढ्ने र कोष कार्यान्वयनमा जाने उनको भनाइ छ ।
पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैनः अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on टक्सार





![प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]](https://hamrakura.com/uploads/news/images/journalist--.jpg)
