Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
Photo / Coverage: टेक्नोलोजी खबर

बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारी अघि बढाएको जानकारी दिएृ। डा उप्रेतीले हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने बलियो प्रणाली आवश्यक रहेको बताए। ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा विपद्सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सरकारी संरचना रहेपनि समुदायस्तरमा सूचना पु¥याउने प्रणाली समावेशी र प्रभावकारी हुन नसकेको बताए। उनले गृह मन्त्रालयअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र वडा तहका समितिलाई समुदायमा विपद्सम्बन्धी सूचना प्रवाह गर्ने जिम्मेवारी भए पनि मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेको बताए। कार्यक्रममा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपालजस्तो भौगोलिक विविधता र उच्च विपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताए। उनले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरण (नेडा) ले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्याङ्कन, जोखिम नक्साङ्कन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनुपर्ने बताए। प्राक्टिकल एक्सन बङ्गलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बङ्गलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्वसूचना प्रणाली प्रभावकारी भएको अनुभव सुनाए। उनले बङ्गलादेशमा ९८ प्रतिशत जनसङ्ख्याको पहुँचमा मोबाइल फोन भए पनि स्मार्टफोन प्रयोग गर्नेको सङ्ख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पु¥याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको बताए। बाढी पूर्वानुमान तथा पूर्वसूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उनले जानकारी दिए। ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गरेकी थिइन्।-रासस The post पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर
TechnologyJust now

गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर

अमेरिकी प्रविधि कम्पनी गुगलले वायोमिङ राज्यमा आफ्नो पहिलो डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले बिहीबार यस परियोजनामा लगानी गर्ने घोषणा गरेको हो। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत गुगलले नयाँ डाटा सेन्टर बनाउन लागेको हो। अमेरिकाका केही क्षेत्रमा डाटा सेन्टर निर्माणले विद्युत् खपत, पानीको प्रयोग र वातावरणीय प्रभाव बढाउने भन्दै विरोध भइरहेका बेला कम्पनीले यो परियोजना अघि बढाएको ...

टेक्नोलोजी खबर
एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो
TechnologyJust now

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको खुलासाले अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने आवाजलाई बल दिएको छ। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमा उन्नत प्रविधि निर्यात गर्न दिएको अनुमतिमाथि पनि प्रश्न उठाएको छ। हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम ...

टेक्नोलोजी खबर
सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली
TechnologyJust now

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबीच समन्वय, सूचनाको आदानप्रदान र प्रणाली सुरक्षामा लगानी बढाउने निर्णय इटालीले गरेको छ। इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको हो। बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले ...

टेक्नोलोजी खबर
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना
Technology25m ago

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play