Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही २३ देखि २५ अक्टोबरसम्म आयोजना हुँदै छ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उक्त सम्मेलनअन्तर्गत २४ र २५ अक्टोबरमा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ । फोरममा संयुक्त राष्ट्रसंघकेन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम छ । The post पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

२४ घण्टामा भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु, ३१३ जना घाइते
ताजा खबरJust now

२४ घण्टामा भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु, ३१३ जना घाइते

गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। ती घटनामा ३१३ जना घाइते भएका प्रहरीले जनाएको छ।  सबैभन्दा धेरै कोसी प्रदेशमा दुई जनाको मृत्यु र १०८ जना घाइते भएका छन्। काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। उपत्यकाबाहेक बागमती प्रदेशमा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।&nb... ...

नेपालखबर
मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय
ताजा खबरJust now

मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं । दशैँकाे समय छ । धेरै मासु नखाएपनि टिका थाप्न जाँदा थोरै थोरै गरेर खाएको थोरै मासुले पनि कहिलेकाहीँ विगार गर्न सक्छ ।मासु खाएपछि पेट भारी हुने, ग्यास बढ्ने, डकार आउने वा पेट फुल्ने समस्या धेरैलाई हुन सक्छ। विशेषगरी चिल्लो, पिरो र धेरै मात्रामा मासु खाँदा पाचन प्रक्रियामा असहजता हुन सक्छ। यस्तो अवस्थामा खानपानमा ध्यान दिनुका साथै केही सामान्य ...

हिमालय टाइम्स
थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न
ताजा खबरJust now

थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट... ...

रातोपाटी
साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
ताजा खबरJust now

साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय

बुधबार राति साउदी अरबको दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ।  रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घाइते पनि भएका छन्। भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अधिकारीहरूले हिजो राति दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीय ना... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play