पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यले लगाए टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले बडादसैँको टीका ग्रहण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायतले बडामहारानी रत्न राज्यलक्ष्मी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। विजया दशमीको अवसरमा पूर्वराजपरिवारले सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना सन्देशसमेत दिएको छ। शुभकामना सन्देशमा नेपालीको घरआँगनमा आइपुगेको बडादसैँलाई सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार र मर्यादाका लागि मनाइने पर्वका रूपमा उल्लेख गरिएको छ। दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवका रूपमा व्याख्या गर्दै सन्देशमा नवदुर्गा भवानीले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरून् भन्ने कामना गरिएको छ। The post पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यले लगाए टीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने
काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् । १६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र ...

जमिनमुनिको पानी भण्डार रित्तिँदै: बढ्दो तापक्रमले निम्त्याउँदै महाविपत्ति
काठमाडौँ । विगत केही दशकयता नेपालको दक्षिणवर्ती तराई भूभागमा अत्यधिक जल दोहन र न्यून पुनर्भरनका कारण जमिनमुनिको पानीको तह निकै गहिरो पुगेको एक विश्वव्यापी अध्ययनले देखाएको छ।विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेस २०२५’ प्रतिवेदनअनुसार नेपालको तराई भूभागका साथै उत्तर-पश्चिम भारत र गङ्गा-सिन्धु जलाधारको माथिल्लो क्षेत्रमा अत्यधिक जल दोहन र न्यून पुनर्भरनका कारण जमिनमुनिको ...

उपराष्ट्रपति यादवद्वारा बडादसैँको टीका ग्रहण
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरूलाई पनि टीका प्रदान गरेका थिए । ...

४० कट्नुभयो ? स्टाइलिस देखिने मन भए उपयोगी हुन सक्छन् यी १० टिप्स
उमेरले फेसन र सौन्दर्यको रुचि सीमित गर्दैन, आफूलाई सुहाउने पहिरन, मेकअप र शैली अपनाएर स्टाइलिस अनि स्मार्ट देखिन सकिन्छ । ...


