Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव एकनारायण अर्याल कलकत्ताबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव एकनारायण अर्याल कलकत्ताबाट पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। मलेसिया रोजगार ठगी तथा संगठित अपराध कसुर प्रकरणमा फरार पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। प्रहरीले अर्याललाई बिहीबार नेपाल-भारत सीमाबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। अर्याल भारत कलकत्ताबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अनुसन्धान अधिकृतले बताए। यस सम्बन्धी विस्तृत विवरण प्रहरीले खुलाएको छैन। मलेसिया रोजगारी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआईबीले पक्राउ पुर्जी लिएपछि अर्याल भारततर्फ फरार भएका थिए। नेपाल र मलेसिया सरकारबीच भएको रोजगार सम्झौतामा एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँको ठगी तथा संगठित अपराध भएको कसुरमा पूर्वमन्त्री, पूर्वसचिव, सहसचिवदेखि निजी कम्पनीका सञ्चालकमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसक्रममा २ कात्तिकमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका थिए। उनीहरुसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, व्यवस्थापन शाखा प्रमुख उमेश ढुंगाना, सहसचिव राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अदालतले भन्यो :  टाइगर श्राफलाई गोली हान्ने एक अभियुक्त नाबालिग रहेछन्
Latest NewsJust now

अदालतले भन्यो : टाइगर श्राफलाई गोली हान्ने एक अभियुक्त नाबालिग रहेछन्

विशेष मकोका अदालतले टाइगर श्राफलाई लक्ष्य गरी गोली हानिएको घटनाका एक अभियुक्तलाई नाबालिग घोषणा गरेको छ। अदालतले बुधबार उनलाई थप आदेशका लागि बाल न्याय बोर्ड (जेजेबी) समक्ष उपस्थित हुन निर्देशन दिएको छ। गत अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा अभिनेता टाइगर सवार कारमा गोली हानिएको थियो। जुन घटनामा उनका चालक घाइते भए भने अभिनेतालाई ह... ...

नेपालखबर
बलुचिस्तानमा छुट्टाछुट्टै चार सुरक्षा कारबाही, १२ जना मारिएको पाकिस्तानी सेनाको दाबी
Latest NewsJust now

बलुचिस्तानमा छुट्टाछुट्टै चार सुरक्षा कारबाही, १२ जना मारिएको पाकिस्तानी सेनाको दाबी

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा नोभेम्बर २० देखि २३ सम्म सञ्चालन गरिएका चार छुट्टाछुट्टै गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा १२ जना मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर... ...

रातोपाटी
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेलधुरा समाचारदाताडडेलधुरा, मङ्सिर १० गते । लागूऔषध मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ घर भई हाल... ...

गोरखापत्र
शिक्षकको पेन्सन हिसाबमा ग्रेड रकम जोडिने वा नजोडिने आधार के ?
Latest NewsJust now

शिक्षकको पेन्सन हिसाबमा ग्रेड रकम जोडिने वा नजोडिने आधार के ?

काठमाडौँ । शिक्षकको पेन्सन (निवृत्तिभरण) हिसाब गर्दा खाइपाई आएको ग्रेड रकम जोडिन्छ कि जोडिँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा भइरहेको विभिन्न चर्चाप्रति राष्ट्रिय किताबखानाको शिक्षक शाखाले प्रस्ट पारेको छ। कार्यालयले सार्वजनिक सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement