Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको छापा : दुईवटा ल्यापटप बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको छापा : दुईवटा ल्यापटप बरामद
Photo / Coverage: विश्वखबर

काठमाडौं– मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा छापा मारेर प्रहरीले दुईवटा ल्यापटप बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराका अनुसार बरामद ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । उनी तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगिट गैरकानुनी रूपमा असुल गरी एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन् । प्रहरीले सात लाखभन्दा बढी श्रमिकबाट रकम उठाइएको र उक्त रकम १७ पटक गरी मलेसिया पठाइएको दाबी गरेको छ । यस प्रकरणमा यसअघि पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव तथा अन्य उच्च अधिकारी र निजी कम्पनीका सञ्चालक पक्राउ परिसकेका छन् । प्रहरीले ठगी तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ । अर्यालमाथि गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लुम्बिनी क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
Latest NewsJust now

लुम्बिनी क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। शुक्रबार कोषले सूचना जारी गरी संरचना हटाउन भनेको हो। गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना राखिएका पसल हटाउन २४ घण्टाको समय दिइएको छ।  कोषल... ...

नेपालखबर
अमेरिकामा भीषण आँधी र वर्षा, ९ लाखभन्दा बढी घर बिजुलीविहीन
Latest NewsJust now

अमेरिकामा भीषण आँधी र वर्षा, ९ लाखभन्दा बढी घर बिजुलीविहीन

अमेरिकामा भीषण आँधी र वर्षाका कारण ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ। अनि १८०० उडान ढिलाइ र ४०० भन्दा बढी रद्द भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।  अमेरिकाको मौसम विभागले समुद्रको सतह १४ वर्षयताकै उच्च स्तरमा पुग्न सक्ने चेतावनी दिएको छ। यसबाट न्युयोर्क, न्यु जर्सी र फिलाडेल्फियालगायत धेरैवटा त... ...

नेपालखबर
बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान
Latest NewsJust now

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

गोरखा। बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ । झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो । तुइनबाट एक पटकमा दुई जनासम्म ...

नेपालन्युज
अन्धकारबाट उज्यालोमा फर्किएँ...
Latest NewsJust now

अन्धकारबाट उज्यालोमा फर्किएँ...

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर ११ गते । आर्थिक अभाव र उपचारको पहुँच नहुँदा लामो समयदेखि अन्धकारमा जीवन बिताइरहेका ताप्लेजुङका एक सय ७७ जनाले पुनः आँखाको ज्योति पाएका छन् । सदरमुकाम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement