काठमाडौं। मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुल गरेको अभियोगमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज शुक्रबार काठमाडौं जिल्ला अदालत लगिँदै छ। अर्याललाई बिहीबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो। त्यसपछि उनलाई हवाईजहाजमार्फत भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुर्याइएको थियो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थल पुर्याइएका अर्याललाई बिहीबार अपराह्न काठमाडौं ल्याइएको हो। यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।
पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि आज अदालत लगिँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






