Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा
Photo / Coverage: नेपालन्युज

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रकम असुली गरेको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा सीआईबीले छापा मारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार साँझ अनुसन्धानसँग सम्बन्धित कागजात तथा प्रमाण संकलनका लागि उनको घरमा खानतलासी गरेको हो। अर्याललाई बिहीबार भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट अवैध रकम असुली गरी विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ। उनले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ गतेसम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए। सीआईबीको अनुसन्धानअनुसार नेपाली श्रमिकबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अमेरिकी डलर र बेलायती पाउन्डमा रूपान्तरण गरी १७ पटकसम्म मलेसिया पठाइएको थियो। यस प्रकरणमा दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। अर्याललाई थप अनुसन्धानका लागि अदालतबाट म्याद लिन शुक्रबार उपस्थित गराउने तयारी सीआईबीले गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महाकाली नदीमा बेपत्ता युवती मृत फेला
Latest NewsJust now

महाकाली नदीमा बेपत्ता युवती मृत फेला

धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएकी २१ वर्षीया युवती मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी... ...

रातोपाटी
सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
Latest NewsJust now

सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ

• वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा रकम ठगी गरेको अभियोगमा गोबिन्द थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ। • उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी २ लाख रुपैयाँ असुलेका थिए। • रकम लिएपछि सम्पर्कविहीन भएका थापालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ। ...

नेपालबहस
भोटेकोशी बाढीको ३ महिना : राहत सकियो, पुनःस्थापनाको छैन टुंगो
Latest NewsJust now

भोटेकोशी बाढीको ३ महिना : राहत सकियो, पुनःस्थापनाको छैन टुंगो

बेत्रावती र देवीघाटका विस्थापितहरू बाढीले क्षति पुर्‍याएकै घर सफाइ गरेर फर्किएका छन्, होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितहरू पनि त्यहाँबाट हट्न बाध्य पारिएका छन् ...

कान्तिपुर
यी हुन् आज दिनभरका प्रमुख २० समाचार ‍
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार ‍

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको जनाएको छ । सीआईबीका अनुसार प्रधानमन्त्री ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement