Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो । निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य विषय भएको उनको भनाइ थियो । निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए । उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे । निर्वाचनको संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो । The post स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा
Latest NewsJust now

आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा

रातो बंगलाले ह्वाइटफिल्डलाई १४–३ तथा रेडियन्ट पब्लिकले केभीएस, स्युचाटारलाई २०–१३ ले पराजित गरे । रातो बंगलाका रिन्जिनले ४ तथा रेडियन्ट पब्लिकका जेनिश लामिछानेले ६ स्कोर गरे । ...

कान्तिपुर
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी

काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको हो । अर्यालको घरबाट अनुसन्धानका... ...

रातोपाटी
महाकाली नदीमा बेपत्ता युवती मृत फेला
Latest NewsJust now

महाकाली नदीमा बेपत्ता युवती मृत फेला

धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएकी २१ वर्षीया युवती मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा डेरा गरी बस्दै आएकी... ...

रातोपाटी
सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
Latest NewsJust now

सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ

• वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा रकम ठगी गरेको अभियोगमा गोबिन्द थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ। • उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी २ लाख रुपैयाँ असुलेका थिए। • रकम लिएपछि सम्पर्कविहीन भएका थापालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement