Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पूर्वमन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल फरार, प्रहरीद्वारा खोजी तीव्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल फरार, प्रहरीद्वारा खोजी तीव्र
Photo / Coverage: विश्वखबर

काठमाडौं । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा खोजी भइरहेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी प्रकरणमा २ पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ पूर्वप्रशासकहरूलाई पक्राउ गरेलगत्तै अर्याल भारत फरार भएका हुन् । उच्च स्रोतका अनुसार अर्यालविरुद्ध पनि काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । ब्युरोको विशेष टोलीले सम्भावित स्थानहरूमा खोजी तीव्र पारे पनि उनी फेला पर्न सकेका छैनन् । मलेसिया रोजगारीका नाममा भएको १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा निर्णय प्रक्रियाको मुख्य प्रशासनिक नेतृत्वमा रहेका अर्यालको प्रत्यक्ष संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा अर्यालले नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत श्रमिकसँग अतिरिक्त शुल्क असुल्ने र संकलित रकम गैरकानुनी माध्यमबाट मलेसिया पठाउने नीतिगत तथा प्रशासनिक निर्णयमा भूमिका खेलेको सीआईबीको दाबी छ । यसै प्रकरणमा सीआईबीले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङलाई पक्राउ गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार संगठित समूहको लाभका लागि श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको र अधिकार क्षेत्र नाघेर ८ करोड ३७ लाख ४३९ अमेरिकी डलर ९२ सेन्ट तथा ३ करोड ७१ लाख ९८ हजार ९८० पाउन्ड ८० पेन्स (कुल १६ अर्ब ९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा) मलेसिया पठाउन स्वीकृति दिएको आरोप उनीहरूमाथि छ । पक्राउ परेका ६ जनामाथि ठगी, विदेशी मुद्रा अपचलन तथा संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको र फरार रहेका पूर्वमुख्यसचिव अर्यालको खोजीका लागि देशभरका सुरक्षा निकाय तथा सीमा नाकाहरूमा समेत निगरानी बढाइएको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिनिधि सभाको सभामुख पदका लागि डेमोक्र्याट्सद्वारा हकिम जेफ्रिज मनोनीत
Latest NewsJust now

अमेरिकी प्रतिनिधि सभाको सभामुख पदका लागि डेमोक्र्याट्सद्वारा हकिम जेफ्रिज मनोनीत

काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाका डेमोक्रेटिक पार्टीका सांसदहरूले हकिम जेफ्रिजलाई आधिकारिक रूपमा सभामुख (स्पिकर) पदका लागि मनोनीत गरेका छन् । यस निर्णयसँगै उनी अमेरिकी प्रतिनिधि सभाको नेतृत्व गर्ने पहिलो अश्वेत... ...

रातोपाटी
चोरीका गरगहना र नगदसहित पक्राउ
Latest NewsJust now

चोरीका गरगहना र नगदसहित पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ...

कान्तिपुर
मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छ: मन्त्री लम्साल
Latest NewsJust now

मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छ: मन्त्री लम्साल

जनकपुर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन् । जनकपुरधाममा बुधबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा... ...

रातोपाटी
[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...
Latest NewsJust now

[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...

असोज २०५७ मा सरकारले शान्ति सुरक्षाको कारण देखाउँदै मुलुकभर मसाल जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको विरोधमा उत्रिएका ९ वाम समूहका नेता–कार्यकर्तामाथि देशभर प्रहरीले धरपकड गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play