काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन् । शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका हुन् । बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी र प्राज्ञिक बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई थप बल पुग्ने पार्टीले विश्वास व्यक्त गरेको छ ।
पूर्वउपकुलपति सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






