Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

पुस ११ र १२मा सांग्रिला लिटरेचर फेस्टिभल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुस ११ र १२मा सांग्रिला लिटरेचर फेस्टिभल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । साहित्य, कला र संगीतको उत्सवका रूपमा सांग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण आगामी पुस ११ र १२ गते आयोजना हुने भएको छ । काठमाडौं सांग्रिला फाउण्डेशनको आयोजनामा हुने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ । महोत्सवमा भारतीय लेखक मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभनसहित कम्तीमा ६ जना ख्यातिप्राप्त लेखक सहभागी हुने निर्देशक केन सुवेदीले जानकारी दिनुभयो । महोत्सवमा बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र कवितालगायत विषयमा अन्तरक्रिया तथा छलफल हुनेछन् । दुईवटा हलमा एकैसाथ सञ्चालन हुने सत्रमा साहित्य, संस्कृति, समाज र कलाका विविध पक्षमाथि विमर्श गरिने आयोजकले जनाएको छ । महोत्सवमा सांस्कृतिक नृत्य, सांगीतिक तथा कलात्मक प्रस्तुति र पुस्तक प्रदर्शनीसमेत रहनेछन् । आगन्तुकले प्रदर्शनीमा राखिएका पुस्तक अवलोकन तथा खरिद गर्नसक्ने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम
Latest NewsJust now

राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्

प्रधानमन्त्री बालेन साहले आजदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उहाँ प्रधानमन्त्री बनेको आठ महिनापछि मिलेको संयोग हो । नेपालमा जो प्रधानमन्त्री बने पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा रहिआएको थियो तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परालाई पालना नगरी अन्य मुलुकबाट विदेश भ्रमण थालनी गरेका हुँदा भारत रिसाएको ...

हिमालय टाइम्स
कविता : नखाएको बीष
Latest NewsJust now

कविता : नखाएको बीष

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play