Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

गोरखा । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ। यस्तै समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन्। मतदाता भेटघाटका क्रममा गोरखाको गण्डकी गाउँपालिका पुग्नुभएका गृहमन्त्री गुरुङसँग स्थानीयले पुलको अभावका कारण कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका हुन्। स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी समयमै बजारसम्म पुर्‍याउन कठिन हुने गरेको छ। जसका कारण तरकारीले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री हुन नसक्दा बारीमै कुहिएर जाने अवस्था रहेको उनीहरूले बताएका छन्। कृषकले दिनरात मेहनत गरेर उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नसक्नु र उत्पादनको उचित मूल्य नपाउनु आफूहरूका लागि ठूलो समस्या बनेको स्थानीयको गुनासो छ। पुलको अभावले कृषि उत्पादनको बिक्री वितरणमा मात्र नभई स्थानीयको दैनिक आवागमन र समग्र आर्थिक गतिविधिमा समेत असर परेको उनीहरूले बताएका छन्। स्थानीयका समस्या र गुनासा सुनेका गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको छ। पुल निर्माणको प्रक्रिया अगाडि बढेकाले अबको केही समयमै स्थानीयले भोग्दै आएको समस्या समाधान हुने उनले प्रतिबद्धता व्यक्त गरे । पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न र कृषि पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। वर्षौंदेखि पुलको अभावका कारण विभिन्न समस्या भोग्दै आएका स्थानीयले पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारीसँगै आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्। The post पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
ताजा खबरJust now

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

रातोपाटी
सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
ताजा खबरJust now

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

नेपालखबर
विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
ताजा खबरJust now

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

कान्तिपुर
एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
ताजा खबरJust now

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play